हात हातमा मतदाता परिचयपत्र समातेर मतदान केन्द्रमा मतदाताहरू पङ्क्तिमा उभिएका थिए । महिलाहरू महिला लेखिएको र पुरुषहरू पुरुष लेखिएको डोरीको घेराभित्र ठेलमठेल भएर पाइला सार्दै थिए । सेतो लट्ठीको भरोसामा महिलाको पङ्क्तिमा उभिएकी फागुनी घुइँचोमा लड्न थालेपछि आफ्नो नजिककी वृद्धा महिलालाई भनिन्–“हेर्नुस् त, हामी आँखा नदेख्ने, वैशाखी टेक्ने, बहिरा र अन्य अपाङग्ता भएका साथीहरूका लागि छुट्टै पङ्क्ति हुनुपर्ने होइन र ?”वृद्धा महिलाले फागुनीको पाखुरा समात्दै भनिन्–“च