काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेसँगको पार्टी एकता बाहिरी हल्लामात्रै भएको बताउनुभएको छ । आज आइतवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव खतिवडाले यस्तो बताउनुभएको हो ।
उपमहासचिव खतिवडाले पार्टीले भोलि (सोमवार) का लागि पोलिटब्युरो बैठक डाकेको पनि बताउनुभयो । पोलिटब्युरो बैठकबाट आएका सुझावका आधारमा मात्रै सरकारमा जाने/नजाने भन्ने विषयको टुङ्गो लाग्ने उहाँले बताउनु भयो । उहाँले दुई दिनसम्म चलेको पार्टीको स्थायी कमि...