गठबन्धनमा आवद्ध दलहरु नै आतंकित : सांसद राई

काठमाडौं । नेकपा (एमाले) का सांसद रामचन्द्र राईले सरकारको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भएको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले वर्तमान गठबन्धन सरकारले गरिरहेको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भइरहेको बताउनुभएको हो । उहाँले सरकारले गरिरहेका राष्ट्रघाती क्रियाकलापहरुका कारण सत्तारुढ दलका सांसदहरु प्रताडित भएको जिकिर गर्नुभयो […]