दाङको बिजौरीस्थित साविकको क्षेत्रीय आयुर्वेद अस्पताल पछिल्लो समय प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, दाङका रुपमा स्थापित छ । नाम फेरिएसँगै अस्पताल हाताभित्र केही आवश्यक संरचना पनि निर्माणाधीन अवस्थामा छन् । पुराना संरचना पनि रङरोगन गरी चिटिक्क पारिएको छ ।यो लुम्बिनी प्रदेशकै पुरानो र ठूलो आयुर्वेद अस्पताल हो । प्रादेशिक आयुर्वेद अस्पताल बनेसँगै अस्पतालले रुपरङ फेरे पनि सेवाको अवस्था भने निकै नाजुक छ । प्रादेशिक आयुर्वेद अस्पतालले स्वास्थ्य सेवाको अवस्था फेर्न नसक्दा अस्पतालमा बिरामी पुग्न सकेक