कोदो खेतीमा किसानको आकर्षण घट्दो

बहुउपयोगी अन्नको रुपमा रहेको कोदो खेतीमा भोजपुरका किसानको आकर्षण घट्दै गएको छ । नेपालको चौथो मुख्य बालीका रुपमा रहेको कोदोबाट राम्रो आम्दानी नभएपछि किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो । यहाँका अधिकांश ठाउँमा कोदो फल्ने भए पनि पछिल्लो समय कमै मात्र किसानको रोजाइमा यो बाली पर्ने गरेको छ । आफूले खानका लागि सामान्यरुपमा खेती […]

सम्बन्धित सामग्री

कोदोखेती गर्ने किसानको आकर्षण बढ्दो

कोदोखेती गरेबापत स्थानीय सरकारले प्रोत्साहनस्वरुप थप रकम दिने भएपछि मकवानपुर गढीमा कोदोखेती गर्ने किसानको आकर्षण बढेको छ । मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपछि किसान खुसी हुनुका साथै यो पेसामा आकर्षित भएका हुन् । गाउँपालिकाले कोदो प्रतिकिलो रु ५४, फापरको प्रतिकिलो रु सय र जुनेलोको प्रतिकिलो रु ८४ हुने …

डोटीवासीमा घट्यो कोदो खेती

दिपायल : स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोको खेती पछिल्लो समय डोटीमा हुन छाडेको छ। कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै गएकाले खेती नै हुन छाडेको हो। व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या पनि घट्दै गएपछि परम्परागत मुख्य खाद्यान्न बाली रहेको कोदोको खेती लोप हुने अवस्थामा पुगेको हो। एक दशकअघि डोटीको दक्षिण भेगमा रहेका साविकका मन्नकापडी, बर्छैन, घागल, लानकोदारेश्वर, सिमचौर, कानाचौर, केदारअखडा र चवार चौतारा गाविस हाल बडीकेदार गाउँपालिका, जोरायल गाउँप

कोदो खेतीप्रति किसानको आकर्षण घट्दो

भोजपुर– बहुउपयोगी अन्नको रुपमा रहेको कोदो खेतीमा भोजपुरका किसानको आकर्षण घट्दै गएको छ । नेपालको चौथो मुख्य बालीका रुपमा रहेको कोदोबाट राम्रो आम्दानी नभएपछि किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो । यहाँका अधिकांश ठाउँमा कोदो फल्ने भए पनि पछिल्लो समय कमै मात्र किसानको रोजाइमा यो बाली पर्ने गरेको छ । आफूले खानका लागि सामान्यरूपमा […]

किसानको आकर्षण घटेसँगै लोप हुँदै रैथाने अन्नबाली

माघ २, पाल्पा । रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनतअनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पालगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् ।  खेतीयोग्य जमिनमा समेत रैथानेबाली हराउन थालेको छ । जलवायु परिर्वतनले उत्पादनमा कमी आएसँगै किसानको परम्परागत अन्नबाली खेतीमा आकर्षणसमेत घटेको हो ।  बगनासकाली गाउँपालिका–८, बगनासकी जेम कुमारी हिताङ्ग अहिले कोदो र फापरखेतीमा व्यस्त छन् । पहिला तीन चार मुरी कोदो र फापर उत्पादन हुने गरेकामा अहिले २०/२५ पाथी मात्र उत्पादन हुन्छ । कोदो, फापरलगायत रैथानेबालीको माग गाउँ तथा सहरी क्षेत्रमा भने बढ्दो छ ।  पहिला निकै मेहनतका साथ उत्पादन गरिने भएकाले कोदो, फापरलगायत बाली प्रशस्त उत्पादन हुँदै आएको थियो । मेहनत गर्ने मानिसको अभाव, जलवायु परिर्वतन र शहरीकरणले गर्दा परम्परागत अन्नबाली लोप हुँदै गएको कृषक हिताङ्ग बताउँछन् ।  कृषि पेशामा युवा जनशक्तिको आकर्षण छैन । समुदायका आश्रित व्यक्तिमा काम गर्ने क्षमता छैन । गोरुले जोत्ने खेतबारीमा अहिले ट्र्याटरबाट  खनजोत हुन्छ । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ । परम्परागतरुपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै  आएका छन् । पुराना अन्नबाली फापर, कोदो, जौ, तिल, भटमास, सिलामलगायत अन्नबाली वर्षेनी संकटमा परेको तानसेन नगरपालिका छापकी नरिसरा गाहा बताउँछन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन, बुढापाका पुस्ताका मानिसले मात्र रैथानेबाली कोदो, फापर, गहुँ उत्पादन गरिरहेको उनको भनाइ छ ।  पछिल्ला वर्ष छिटो आम्दानी दिने उन्नत जातका अन्नबालीप्रति किसानले चासो बढाउन थालेका छन् ।  रैथाने अन्नबालीको उत्पादन वृद्धि प्रोत्साहनको अभावमा लोप हुने  अवस्थामा पुगेकाले सरकारले विशेष चासोका साथ बीउ संरक्षण गरी उत्पादन वृद्धिमा चासो दिनुपर्नेमा स्थानीयवासी कमल भण्डारी जोड दिन्छन् । १०/१२ वर्षअघिसम्म कोदो र फापरको खेती व्यापक हुन्थ्यो तर अहिले तिनकोे उत्पादनमा कमी भए पनि बजारमा माग भने बढ्दो छ । निकै स्वादिलो परिकारका रुपमा कोदाको रोटी र ढिलोलाई लिइन्छ । रैथाने अन्नबालीको उत्पादन बढाउन सके स्वदेशका ठूला होटल तथा विदेशमा समेत निर्यात गर्न सकिनेमा उनी जोड दिन्छन् । रासस

जुम्ली रैथानेबाली प्रवद्र्धनमा विज्ञको चासो

जुम्लाको रैथाने बालीको सरक्षण तथा प्रवद्र्धनमा विज्ञले चासो दिएका छन् । रैथाने बालीको खेतीमा पनि किसानको आकर्षण देखिएको छ । लोपोन्मुख जुम्लाको कालिमार्सी धान, चिनो कागुनो, कोदो र रातो मार्सीलगायतका रैथाने बालीको संरक्षणमा विज्ञहरुले चासो दिएका हुन् ।बढ्दो बजार माग र महत्वलाई मध्यनजर गर्दै जुम्ली किसान पनि पछिल्लो समय रैथाने बालीको प्रर्वद्धनमा जुटेका छन् । […]

जुम्ली रैथानेबाली प्रर्वद्धनमा विज्ञको चासो

जुम्लाको रैथाने बालीको सरक्षण तथा प्रर्वद्धनमा विज्ञले चासो दिएका छन् । रैथाने बालीको खेतीमा पनि किसानको आकर्षण देखिएको छ । लोपोन्मुख जुम्लाको कालिमार्सी धान, चिनो कागुनो, कोदो र रातो मार्सीलगायतका रैथाने बालीको संरक्षणमा विज्ञहरुले चासो दिएका हुन् ।बढ्दो बजार माग र महत्वलाई मध्यनजर गर्दै जुम्ली किसान पनि पछिल्लो समय रैथाने बालीको प्रर्वद्धनमा जुटेका छन् । […]

कोदो खेती : लागत र मेहनत बढी, उत्पादन कम

लमजुङ – पहाडी जिल्ला लमजुङमा कोदो खेतीमा किसानको आकर्षण घट्दो छ । खेताला पाउन गाह्राे, लागत र मेहनतको तुलनामा उत्पादन कम हुने भएकाले लमजुङमा कोदो खेतीमा किसानको आकर्षण बढ्न नसकेको र उत्पादन घट्दो मात्रामा रहेको कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थ विज्ञ एवम् सूचना अधिकारी मदन रेग्मीले जानकारी दिनुभयो । पुरानै बिउ तथा परम्परागत ढङ्गले कोदो खेती गर्नाले पनि लमजुङमा कोदोको उत्पादन बढ्न सकेको छैन । लमजुङमा गएकाे वर्ष सात हजार पाँच सय २५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकोमा सात हजार पाँच सय १५...

टिमुरको व्यावसायिक खेतीमा पोखराका किसानको आकर्षण बढ्दै

असार २५, कास्की । पोखरा महानगरपालिका–१६ अर्मलाको डिहीमा औषधीय गुणी टिमुरले फल दिन थालेको छ । चार वर्षअघि परीक्षणका लागि रोपिएका बिरुवाले यसै वर्षदेखि फल दिन थालेपछि यहाँका कृषक टिमुरको व्यावसायिक खेतीतर्फ आकर्षित बनेका हुन् । परम्परागत मकै र कोदो खेती गर्दा उत्पादनभन्दा लागत बढी हुने र प्राकृतिक प्रकोपका साथै जंगली जनावरले समेत नोक्सान गर्ने हुँदा लामो समयदेखि बाँझै रहेको सो क्षेत्रको जमीनमा यतिखेर टिमुरसहित विभिन्न जातका नगदेबालीले व्यवसायिकता पाउन थालेको हो । घरको छेउको बारीमा चार वर्षअघि लगाइएका टिमुरका पाँचओटा बिरुवाले गत वर्षदेखि उत्पादन दिन शुरु गरेको लालशोभा गुरुङले बताए । उनका अनुसार पहिलो वर्ष फाट्टफुट्ट फल फले पनि यस वर्ष भने लटरम्म फलेका छन् । कृषि वन कार्यक्रम पकेट क्षेत्र अर्मला डिही कृषक समूहका अध्यक्षसमेत रहेकी उनका अनुसार डिभिजन वन कार्यालय कास्कीले निःशुल्क उपलब्ध गराएको बिरुवाले राम्रो फल दिन थालेपछि टिमुर खेतीप्रति यतिखेर यस क्षेत्रका बासिन्दाको आकर्षण बढेको हो । ‘स्वास्थ्यबर्द्धक एवम् औषधीय गुण भएको टिमुर खेतीतर्फ युवा वर्गको आकर्षण बढेको देख्दा असाध्यै खुशी लागेको छ’, उनले भने, ‘युवाको उत्साहलाई जीवित राख्न सबै क्षेत्रको सहयोग अपरिहार्य छ ।’ कुरदेखि डिही, लप्सीबोट (रघु) हुँदै पात्लेसम्म ३२ घरपरिवारको ५०० रोपनी निजी जग्गामा प्रत्येक वर्ष टिमुरसहित विभिन्न प्रजातिका विरुवा क्रमिक रोप्दै आएको उल्लेख गर्दै उनले साविकको अर्मलाको पूरै क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्य समूहले लिएको बताए । नेपाल सरकारको राष्ट्रिय वृक्षरोपण १० वर्षे रणनीतिअनुसार २०७३ सालदेखि डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा शुरु गरिएको सो अभियानअन्तर्गत हालसम्म १२ हजारभन्दा बढी टिमुरका बिरुवा रोपिएको बताउँदै उनले यस वर्ष मात्र एक हजार ३०० बिरुवा रोप्ने अभियानको थालनी भएको जानकारी दिए । लामो समयदेखि बाझै रहेका कारण झाडी र जङ्गलमा परिणत भएको सात रोपनी जग्गामा यस वर्ष १५० ओटा टिमुरका विरुवा रोपेको स्थानीय युवा किरण गुरुङले जानकारी दिए । मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकोले व्यावसायिकरूपले खेती शुरु गरिएको उनको भनाइ छ । उनले थोरै लगानी र कम मिहिनेतले राम्रो आम्दानी हुने देखेर उक्त खेतीतर्फ आकर्षण बढेको बताए । स्थानीय प्रजातिका कटुस, चिलाउने, उत्तिसलगायतका बोटसहित झाडी रहेको उक्त जग्गामा अलैँची, कफीलगायतका अन्य बालीसमेत लगाउने तयारी भइरहेको उनको भनाइ छ । अर्का युवा शंकर गुरुङले सात रोपनी जग्गामा टिमुरका १५० सहित ५०० भन्दा बढी अलैँची, कफी, किवी, एभोकार्डोलगायतका बिरुवा रोपेका छन् । सोही जग्गामा अन्य आयआर्जन गर्न सकिने नवीनतम बिरुवा लगाउने सोचमा रहेको उनी बताउँछन् । गाउँमा आफ्नो जग्गामा खेती गर्नभन्दा अर्मलाको फाँटमा अरुको खेत अधियाँ रोप्दा फाइदा हुने हुँदा विगत लामो समयदेखि बाँझिएको साढे चार रोपनी निजी जग्गामा यसै वर्ष टिमुरका ३०० बिरुवा रोपेको लप्सीबोट (रघु) का बलबहादुर विक र भक्तबहादुर विकले बताए । डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत केदार बरालका अनुसार राष्ट्रिय वृक्षरोपण दशक अभियानअन्तर्गत अर्मला क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्यका साथ प्रत्येक वर्ष विभिन्न आयमूलक जातका बिरुवा थप्दै गएको जानकारी दिए । सो क्षेत्रमा म्याग्दी जिल्लाबाट खरीद गरिएका टिमुरका बिरुवा वितरण गरिएको हो । बिरुवा खरीद र ढुवानीसहित खाल्टा खन्नेसमेत कार्यालयबाट व्यवस्था गरिएको छ । शुरुमा रोपिएका बिरुवाले फल दिन थालेको र आगामी केही वर्षभित्र स्थानीय कृषकले कृषि वनको माध्यमबाट राम्रो आम्दानी लिने उनको विश्वास छ । टिमुरको बजार मूल्य हाल प्रतिकिलो रू. तीन हजार ५०० सम्म रहेको छ ।  समुद्री सतहबाट एक हजार १०० देखि एक हजार ८०० मिटरको उचाइमा रहेको साविक अर्मलाको सो क्षेत्रमा हालसम्म ३५ हजार अलैँची, १२ हजार टिमुर, १० हजार कफी, दुई हजार ५०० एभोकार्डो, १०० किवी, दुई हजार अम्बा, एक हजार आँप, ५०० लप्सी, २०० कुरिलो र ठूलो परिमाणमा राईखनियो, इपिलइपिल, पाउलोनियालगायतका डालेघाँंसका विरुवा रोपिएको कृषि वन समूहका सचिव जितबहादुर बस्नेतले जानकारी दिए ।  उनका अनुसार वन कार्यालयले आवश्यक विरुवा निःशुल्क उपलब्ध गराउनुका साथै खाल्टा खन्नका लागि समूहलाई हालसम्म रू. तीन लाख १५ हजार उपलब्ध गराइसकेको छ । वृक्षरोपणदेखि बिरुवाको संरक्षण तथा उत्पादित वस्तुको उपयोगका बारेमा सम्बन्धित निकायले कृषकलाई समयमै तालीमको व्यवस्था गर्नुपर्नेमा उनको जोड रहेको छ ।  दुईदेखि छ मिटरसम्म अग्लो बोट हुने झाडी एवं सदाबहार प्रजातिको टिमुरको फल प्रशोधन गरेर तेल निकालिन्छ । टिमुरको तेल विशेषगरी दाँत दुख्दा निको पार्न र आयुर्वेदिक टुथपेष्ट बनाउने काममा प्रयोग गरिन्छ । साथै यसको प्रयोग अत्तर, साबुन र स्याम्पुजस्ता वासनादार सामग्री उत्पादनमा पनि गरिन्छ । युरोपेली बजारमा  प्रत्येक वर्ष यसको माग उच्च रहँदै आएको छ । रासस

कोदो खेतीमा किसानको आकर्षण घट्दै

इलाम । इलामको माङसेबुङ गाउँपालिका वडा नं २ का मात्रिका खड्काको बारीमा ४ वर्ष अघिसम्म बारीभरी कोदो रोपेका हुन्थे ।...

लमजुङमा कोदो खेतीप्रति किसानको आकर्षण घट्दो - Naya Patrika

लमजुङमा केही समयअघि कोदोको प्रशस्तै खेती गरिन्थ्यो । मकै, कोदोको ढिँडोफाँडो खाने चलन थियो । तर पछिल्लो समय जिल्लाका किसानले कोदो खेती गर्न छाडेका छन् । युवाशक्ति विदेश पलायन भएसँगै...पूरा पढ्नुहोस् »