भदौभित्र सम्झौताका काम सक्न मन्त्री सिंहको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा जलस्रोत तथा ऊर्जा विकास सम्बन्धी कामहरूको भदौभित्र सम्झौता गरि सक्न जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका दिएका छन् । २ साउनमा नै अख्तियारी गइसकेकोले भदौभित्र सम्झौता गरेर कामलाई गति दिनुपर्ने भन्दै मन्त्री सिंहले १० जिल्लाका कार्यालय प्रमुखलाइ निर्देशन दिएका हुन् । मन्त्रालयले कर्णाली प्रदेशको वार्षिक कार्यक्रम कार्यान्वनसम्बन्धी […]

सम्बन्धित सामग्री

जोरपाटी-थली खण्डको अलपत्र सडक तीन दिनभित्र कालोपत्रे गर्न निर्देशन

काठमाडौं– जोरपाटी-साँखु सडक निर्माण अलपत्र पार्ने निर्माण कम्पनीलाई तीन दिनभित्र सुरु गरेको काम सक्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्देशन लिएको छ । अलपत्र अवस्थामा रहेको थली सडक खण्डमा केही दिनअघि कालोपत्रे गर्न सुरु गरे पनि एक लेन कालोपत्रे गरेर निर्माण व्यवसायी बज्रगुरु, बिरुवा, खानी जेभी बेपत्ता भएपछि आयोजनाले यस्तो निर्देशन दिएको हो ।  आयोजनाले […]

समयमै काम सक्न सहरी विकास मन्त्रीको निर्देशन

विराटनगर । विराटनगरको कोशी अस्पतालमा ५०० शैयाको अत्याधुनिक भवन बन्ने भएको छ । अस्पताल परिसरमा विहिबार आयोजित एक कार्यक्रमविच सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले बन्न लागेको नयाँ भवनको संयुक्त रुपमा शिलान्यास गरेका छन् । कार्यक्रममा बोल्दै सहरी मन्त्री चौधरीले निर्माणको जिम्मा पाएको केसी कन्सस्ट्रक्सनलाई समयमै निर्माण कार्य सक्न […] The post समयमै काम सक्न सहरी विकास मन्त्रीको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भदौभित्र सम्झौताका काम सक्न निर्देशन

सुर्खेत- कर्णाली प्रदेशका दश जिल्लामा जलस्रोत तथा ऊर्जा विकास सम्बन्धी कामहरूको भदौभित्र सम्झौता गरी सक्न जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका दिएका छन् । २ साउनमा नै अख्तियारी गइसकेकोले भदौभित्र सम्झौता गरेर कामलाई गति दिनुपर्ने भन्दै मन्त्री सिंहले १० जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिएका हुन् । मन्त्रालयले कर्णाली प्रदेशको वार्षिक कार्यक्रम कार्यान्वयनसम्बन्धी छलफलमा […]

चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ पुग्छः चौधरी

बिहीबार हेलम्बु–१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुगेका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशन दिए। अहिले हेडवक्र्स र सुरूङ सफा गर्ने काम भइरहेको छ।...

तोकिएकै समयमा काम सक्न मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शनिबार निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ । मुख्य मन्त्री पोखरेलले नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युत्गृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गर्नुभएको थियो ।

तोकिएकै समयमा काम सक्न भूमि आयोगका पदाधिकारीलाई मन्त्रीको निर्देशन

१९ पुस, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीलाई समयमा काम सम्पन्न गर्न निर्देशन दिएकी छन् । मन्त्री श्रेष्ठले बहाना देखाएर काम पन्छाउने वा भाग्न नपाइने भन्दै कार्ययोजनाअनुसार छिटो र परिणाममुखी काम गर्न निर्देशन दिएकी हुन् । तोकिएको कार्य तोकिएकै समयमा उत्कृष्ट रुपले सम्पन्न गर्न […]

तोकिएको समयमा काम सक्न मुख्यमन्त्री भट्टको निर्देशन

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–बग्लेक सडकको कालोपत्रको काम ताकिएको समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । उक्त सडक निर्माण कार्यको अनुगमन तथा निरीक्षणका लागि त्यहाँ पुगेका मुख्यमन्त्री भट्टले तोकिएको समयमा कालोपत्रको काम नसकिए कारबाही गरिने चेतावनीसमेत दिएका छन् । अनुगमनकै क्रममा मुख्यमन्त्री भट्टले भने, ‘अहिले कोरोना पनि खासै छैन, तोकिएको समयमा काम सक्नुस्, बहानाबाजी गर्न पाइँदैन, काम नसके कारबाही हुन्छ ।’ सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पर्यटकको सजिलोका लागि तथा यहाँका नागरिकको आयस्तर वृद्धिका लागि उक्त सडक कालोपत्र गर्न बजेट विनियोजन भएकाले तोकिएको समयमै काम सक्नुपर्ने मुख्यमन्त्री भट्टले निर्माण कम्पनीलाई आग्रह गरे । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले ४० करोड बजेट विनियोजन गरी काम सुरु भएको हो । अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम सुरु गरिएको उक्त सडक हेर्ने जिम्मा पाएका इञ्जिनीयर राजेन्द्र चौधरीले बताए ।      उनले भने, ‘तोकिएको समयमै काम सक्छौँ, ढिलासुस्ती भएको छैन ।’ सिलगढीबाट झिग्रानासम्मको सडक निर्माणको काम दुई चरणमा सम्झौता भएको छ । पहिलो चरणको ठेक्काअन्तर्गत करिब ७.३५ किमी रहेको उक्त सडकको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनीयर चौधरीले जानकारी दिए ।       उक्त निर्माणको जिम्मा सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले लिएको छ । सडक कालोपत्रको जिम्मा लिएसँगै कामले तीब्रता लिएको निर्माण कम्पनीको दाबी छ । विगतमा उक्त सडक वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा वर्षौंदेखि यहाँका स्थानीयवासी सडकको समस्याले आजित बन्दै आएका थिए भने यहाँका प्रमुख पर्यटकीयस्थल खप्तडमा जानसमेत समस्या खेप्दै आएका थिए । अब सडक कालोपत्र हुन थालेपछि पर्यटकलाई खप्तड भ्रमणका लागि निकै सहज हुने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताए । उनले भने, ‘सडक सञ्जाल नभएकै कारण खप्तडमा खासै पर्यटक भित्र्याउन सकेका थिएनौँ, अब सडक कालोपत्र हुँदै छ, पर्यटक भित्र्याउन सहज हुनेछ ।’ रासस

कालिकोटमा पुग्याे राष्ट्रिय विद्युत प्रसारण लाइन

कालिकोटमा पहिलो पटक राष्ट्रिय विद्युत प्रसारणकाे लाइन पुगेको छ । दैलेखको दुल्लुबाट ११ केभीए विद्युत लाइन बिस्तार भएसँगै कालिकोटमा राष्ट्रिय विद्युत प्रसारण पुगेको हो । भ्रमणका क्रममा  गत बर्ष दैलेखकाे टुनिबगरमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छिटाे काम सक्न निर्देशन दिएका थिए ।शाहीले निर्देशन दिएसँगै काम तिव्र गतिमा अघि बढेकाे थियाे ।साविक कर्णाली अञ्चलका कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामध्ये कालीकाेट राष्ट्रिय विद्युत प्रसारणकाे लाइन पुग्ने पहिलाे जिल्ला हाे

असारसम्म काम सक्न आयोगलाई मन्त्री अर्यालको निर्देशन

भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले भूमि सम्बन्धि समस्या समाधान आयोगलाई असारसम्ममा काम सक्न निर्देशन दिएकी छिन्।