रातोपाटी ब्रिफिङ : चुनावी अभियानका क्रममा जापानी पूर्वप्रमको हत्या–विश्व स्तब्ध

आज मिति २०७९ साल असार महिनाको २४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ।१. जापानी पूर्वप्रधानमन्त्रीको हत्याशुक्रबार भएको जापानी पूर्वप्रधानमन्त्रीको हत्याले विश्व स्तब्ध भएको छ । पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि पश्चिमी जापानको नारा सहरमा चुनावी अभियानका क्रममा भाषण दिने क्रममा गोली प्रहार भएको थियो । आगामी आइतबार हुने माथिल्लो सदनको निर्वाचनका लागि उनी त्यहाँ सम्बोधन गर्न पुगेका थिए । आक्रमणकारीलाई प्रहरीले नियन्त्