विनोद चौधरी मधेसी कोटाबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेसीतर्फको मत गणना मंगलबार दिउँसो सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार अजय चौरसिया २५२२, विनोद चौधरी २२०६, डा. चन्द्रमोहन यादव २१३८, महेन्द्रकुमार राय १९८४ र दिनेश कुमार यादव १९५९ मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका छन् । खर्बपति व्यवसायी चौधरी मधेसी कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । […]

सम्बन्धित सामग्री

सिआइवीमा बयान दिए लगत्तै विनोद चौधरी श्रीलंका उडे

काठमाडौँ – बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा बयान दिए लगत्तै कांग्रेस सांसद विनोद चौधरी श्रीलंका उडेका छन्। सिआइवीले तत्काली बाँसबारी छालजुक्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको अभियोगमा उनले बयान दिएका थिए। चौधरी दिउँसो करिब २ बजे श्रीलंकन एयरलाइन्सको विमानमार्फत कोलम्बो प्रस्थान गरेका हुन्। नियमित कार्यतालिका अनुसार उनी श्रीलंका गएको चौधरीको सचिवालयले जनायो।

‘वासुदेव’बारे विनोद चौधरी : त्यो फिल्मले पैसा कमाएन तर आत्मसन्तुष्टि दियो

काठमाडौं । फोर्ब्स अर्बपति विनोद चौधरी फिल्म निर्माता पनि हुन् । नीर शाहसँग मिलेर २०४० सालमा उनले फिल्म ‘वासुदेव’ बनाएका थिए । त्यसयता उनी फिल्म निर्माणमा फर्किएका छैनन् । यतिबेला भने सो फिल्मको दृश्य सेयर गर्दै चौधरीले पहिलोपटक फिल्म निर्माणको किस्सा सुनाएका छन् । फिल्म बनाउन आफूले १२ लाख लगानी गरेको र त्यो पैसा आफ्नो […]

उद्योगपति विनोद चौधरी विजयी

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट उद्योगपति विनोद चौधरी विजयी भएका छन् । बिहीबार राती सकिएको मतगणनामा चौधरीले २९ हजार चार सय ९५ हजार मत प्राप्त गरेर विजय  भएका हुन् ।  कांग्रेस...

विनोद चौधरी १७१ मतान्तसहित अग्रस्थानमा

नवलपरासी पश्चिम क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरी १७१ मत सहित अघि लागेका छन्।

विनोद चौधरी र हृदयेश त्रिपाठीलाई पछि पार्दै घण्टीका सेन अग्रस्थानमा

काठमाडौं ; नवलपरासी १ मा कांग्रेसका विनोद चौधरी र जनता प्रगतिशील पार्टीका उम्मेदवार  हृदयेश त्रिपाठीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले अग्रता लिएका छन्।उनले ३९५९ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन्। चौधरीले अहिलेसम्म ३८५० मत ल्याएका छन्।जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी तेस्रोमा छन्।  त्रिपाठीले २९४१ मत ल्याएका छन्। नेकपा एमालेले यहाँ त्रिपाठीलाई सहयोग गरेको थियो।

८९ भोटले पछि परे विनोद चौधरी

काठमाडौं, मंसिर ६ । नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी ८९ भोटले पछि परेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले पछि पारेका हुन् । यहाँ ठकुरीले ३९५८ मत ल्याएका छन भने चौधरीले ३८६९ मत ल्याएका छन्। जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले २९१२ मत ल्याएका छन्। नेकपा एमालेले […]

मधेसी कोटाबाट विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरी निर्वाचित भएका छन्। मधेसी कोटामा चौधरीसहित ५ जना निर्वाचित भएका हुन्। मंगलबार सकिएको मतगणना अनुसार चौधरीसहित अजय चौरासिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, र...

कांग्रेसको मधेसी कोटामा उम्मेदवारी दिएका विनोद चौधरी जित नजिक

काठमाडौं । नेपाली कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका अर्बपति उद्योगपति विनोद चौधरी जित नजिक पुगेका छन् । केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा चौधरीले ४३०४ मत गन्दा २०२३ मत पाउँदै दोस्रो स्थानमा छन् । खुला मधेसीतर्फ पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा छन् । निर्वाचन समितिकाअनुसार ४६६५ मत खसेकोमा अब बाँकी ३६१ मतको […] The post कांग्रेसको मधेसी कोटामा उम्मेदवारी दिएका विनोद चौधरी जित नजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

उद्योगी विनोद चौधरी बने काँग्रेसको महाधिवेशन प्रतिनिधि

उद्योगी विनोद चौधरी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन् । उनी मधेसी कोटाबाट सर्वसम्मरुपमा काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेको कांग्रेस निर्वाचन समितिले बताएको छ ।सोमबार भएको निर्वाचनमा नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट चौधरी १४औं महाधिवेशन प्रतिनिधि बनेका हुन् । नेपालका एक मात्र डलर अर्बपति उनी नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य समेत हुन् ।