संसदीय समिति सभापति चयन गर्न सभामुखलाई एमालेको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संघीय संसद् मातहतका संसदीय समिति सभापति चयन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ । संसदीय समिति सभापति चयन नभए समितिका आगामी बैठकमा उपस्थित नहुने पनि एमालेले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको हो ।