वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका राजेशमान सिंहको दलीय राजनीति अस्थिर देखिन्छ । लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर एमालेमा प्रवेश गरेका उनी छोटो समयमै एमाले छाडेर जसपा नेपालमा प्रवेश गरे । सत्तारुढ गठबन्धनबीच महानगरको भागबण्डा हुँदा वीरगञ्जमा जसपा नेपालले मेयर र नेपाली काँग्रेसले उपमेयरमा उम्मेदवारी दिने सहमति भयो ।सोही आधारमा राजेशमानले मेयरमा उम्मेदवारी दिएका हुन् । दलीय राजनीतिमा अस्थिर देखिए पनि उनले वीरगञ्जको विकास आफ्नो एकमात्र ध्येय रहेको बताएका छन् । स्थ