कात्तिक मसान्तभित्र थोक कर्जा चुक्ता गर्न ६६ वटा सहकारीलाई ताकेता

काठमाण्डाै - युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा नबुझाउने ६६ वटा सहकारीलाई कात्तिक मसान्तभित्र साँवा, ब्याज र हर्जानासहित सम्पूर्ण रकम बुझाउन अनुरोध गरेको छ । कोषले आज सार्वजनिक सूचना निकालेर २०६९ सालमा थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता नभएको भन्दै सम्पूर्ण रकम १५ दिनभित्र बुझाउन अनुरोध गरेको हो । कोषले तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको विवरणसहित रकम असुलीका लागि कालोसूचीमा राख्ने चेतावनी दिएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार ...

सम्बन्धित सामग्री

एक दर्जन लघुवित्त कम्पनी मर्जर प्रक्रियामा, कुन कम्पनी कोसँग मर्ज हुँदै ?

काठमाडौं । पछिल्लो समय लघुवित्त कम्पनीहरूमा मर्जरको लहर चलेको छ । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने लघुवित्त कम्पनीलाई सुविधा दिने भएपछि मर्जरमा जान थालेका हुन् ।  राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै निरन्तरता दिएको छ । २०८१ असारसम्म एकीकृत कारोबार गरे विभिन्न सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ । सोही अनुसार पछिल्लो समय लघुवित्त कम्पनीहरूमा पनि मर्जरको लहर चलेको हो ।   पछिल्लो समय १२ वटा लघुवित्त वित्तीय संस्थाहरूले एक आपसमा गाभ्ने तथा गाभिने र प्राप्तिका लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साधना र सबैको लघुवित्त, किसान र जाल्पा सामुदायिक लघुवित्त, मानुषी र श्रृजनशील लघुवित्त, मिर्मिरे र नेरुडे लघुवित्त, सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्त, समता घरेलु र मनकामना स्मार्ट लघुवित्तबीच मर्जर सम्झौता भइसकेको छ । साधना लघुवित्त र सबैको लघुवित्तले गत भदौ १५ गते गाभ्ने तथा गाभिने (मर्जर)सम्बन्धी प्रारम्भिक सम्झौता गरेका हुन् ।  दुवै कम्पनीको शेयर स्वाप रेसियो समान अर्थात् १ः१ अनुपातमा मर्ज हुने सहमति भएको कम्पनीले बताएको छ । राष्ट्र बैंकबाट पहिलो चरणको स्वीकृति पाएको कम्पनीले जानकारी दिएको हो ।  दुवै कम्पनी राष्ट्रियस्तरमा कारोबार गरिरहेका छन् । सबैको लघुवित्तको केन्द्रीय कार्यालय तनहुँको बन्दीपुरमा छ भने साधना लघुवित्तको गोरखाको हरमटारीमा छ । सबैको लघुवित्तको चुक्ता पूँजी ३१ करोड ८६ लाख रुपैयाँ छ भने साधना लघुवित्तको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ छ । मर्जरपश्चात भने कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ पुग्नेछ ।  किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरमा जान गत साउन ९ गते प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका हुन् । यी दुई अहिले कम्पनीको डिडिए भइरहेको किसान लघुवित्तका सूचना अधिकारी नवराज पोखरेलले जानकारी दिए । सम्पत्ति र दायित्वको विस्तृत मूल्याङ्कन (डीडीए) भएपछि मात्रै स्वाप रेसियो निर्धारण हुनेछ ।  हाल किसान लघुवित्तको करीब ५० करोड रुपैयाँ चुक्ता पूँजी छ भने जाल्पा सामुदायिक लघुवित्तको १८ करोड रुपैयाँ छ । समान हैसियतमा मर्जरमा गएमा मर्जरपश्चात बन्ने कम्पनीको चुक्ता पूँजी ६८ करोड रुपैयाँ पुग्नेछ ।  मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त संस्थाले मर्जरमा जान २०७९ चैत २ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । पुस मसान्तभित्र एकीकृत कारोबार शुरु गर्ने तयारी भएको मानुषी लघुवित्तको वरिष्ठ अधिकृत मुरारी सापकोटाले बताए । डीडीए भएर आएपछि स्वाप रेशियो निर्धारण हुने उनको भनाइ छ । मानुषी लघुवित्तको केन्द्रीय कार्यालय, काभ्रे बनेपामा रहेको छ भने श्रृजनशिल लघुवित्तको केन्द्रीय कार्यालय, सिरहाको गोलबजारमा रहेको छ । मानुषी लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख रुपैयाँ रहेको छ भने श्रृजनशील लघुवित्तको १० करोड ९३ लाख रुपैयाँ छ । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा गएमा बन्ने कम्पनीको चुक्ता पुँजी २१ करोड ८७ लाख रुपैयाँ पुग्नेछ ।  नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच गत पुस १२ गते मर्जर सम्झौता भएको थियो । यी दुई कम्पनी १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुन लागेका हुन् । कात्तिक ३ गतेको पत्रमार्फत नेपाल राष्ट्र बैंकले यी दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । अब आवश्यक प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरु गर्नेछन् । मर्जरपश्चात बन्ने कम्पनीको चुक्ता पूँजी १ अर्ब ३८ करोड रुपैयाँ पुग्नेछ ।  सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्तबीच १ः०.८५ अनुपात मर्जरमा जान लागि अन्तिम सम्झौता गरेका छन् । २०७९ फागुन २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका कम्पनीहरूलाई मर्जरका लागि राष्ट्र बैंकले २०८० जेठ ३ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो । अब आवश्यक प्रक्रिया पूरा गरेर राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएपछि एकीकृत कारोबार शुरु गर्नेछन् ।  समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्न गत भदौ ७ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । राष्ट्र बैंकमा मर्जर तथा प्राप्तिका लागि संयुक्त निवेदन दिइसकेको मनकामना स्मार्ट लघुवित्तले जानकारी दिएको छ ।  राष्ट्र बैंकले प्रारम्भिक स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर डीडीए भएपछि मात्रै शेयर स्वाप रेशियो निर्धारण हुने कम्पनीको भनाइ छ ।

समयमै कर बुझाउनेलाई रत्ननगरको छूट सुविधा

चितवन। चितवनको रत्ननगर नगरपालिकाले नगरमा बुझाउने विभिन्न करमा छूट सुविधा सार्वजनिक गरेको छ । नगरले कात्तिक मसान्तभित्र आर्थिक वर्ष (आव) २०८०/८१ को व्यवसाय कर बुझाउनेलाई कर रकममा २० प्रतिशत र सम्पत्ति करमा १० प्रतिशत छूटको व्यवस्था गरेको हो । त्यस्तै, विगत आर्थिक वर्षको व्यवसाय करको जरीवाना कात्तिक मसान्तसम्ममा तिरेमा ५० प्रतिशत छूट गरिएको राजस्व शाखा प्रमुख धर्मराज अधिकारीले जानकारी दिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले नगरपालिकालाई तिर्नुपर्ने कर समयमै बुझाउन आग्रह गरे । तिर्नुपर्ने कर चुक्ता नगरेसम्म नगरपालिकाबाट उपलब्ध हुने सेवासुविधाबाट वञ्चित गरिने उनको भनाइ छ । कर नतिर्ने, कर छल्ने तथा झुटा विवरण पेश गर्ने कार्य गरेमा ऐन, कानून बमोजिम कारबाही हुने उनले बताए ।