पहिरोका कारण वालिङ ठूलाखेतका पाँच घर जोखिममा

वालिङ : अबिरल वर्षासँगै पहिरो खस्दा यहाँका पाँच घर जोखिममा परेका छन्। स्याङ्जाको वालिङ–१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ। स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, ईन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर पहिरोको जोखिममा परेको वडाध्यक्ष नमलाल डुम्रेले जानकारी दिए। बिहीवार दिउँसो…

सम्बन्धित सामग्री

बाढी पहिरोका कारण कर्णालीका सात सय बढी परिवार विस्थापित

पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर सात सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सात सय १५ घरपरिवारका चार हजार एक सय पाँच जना विस्थापित भएका हुन् । सबैभन्दा धेरै मुगुका दुई सय १४ घरपरिवारका ११ सय दुई जना विस्थापित भएका छन् भने सबैभन्दा कम […]

दार्चुलामा बाढी र पहिरोका कारण ४ जना सम्पर्कविहीन, ११ वटा घर बगे

दार्चुला – दार्चुलामा लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण चार जना सम्पर्कविहीन भएका छन् भने एक जना घाइते भएका छन् । दार्चुलाको नौगाड गाउँपालिकामा पहिरो गएको र महाकाली नगरपालिकामा आएको बाढीका कारण चार जना सम्पर्कविहीन भएका र एक जना घाइते भएका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमती साउदले जानकारी दिनुभयो । घाइते एक जनाको उपचार भइरहेको छ । बाढीले अहिलेसम्म ११ वटा घर बगाएको उहाँले बताउनुभयो । अहिले सम्पर्कविहीन भएकाको खोजी र उद्धारको काम भइरहेको उहाँले बताउनुभयो । यस्तै बाढीले खलङ्गाको दशरथ...

बागलुङको रायडाँडामा पहिरोका कारण बस्ती जोखिममा

जिल्लाको बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लोरामतोलामा पहिरोका कारण बस्ती नै जोखिममा परेको छ। केही दिनअघिदेखि जमिन चिरा परेको यस क्षेत्रमा बुधबार विहान परेको पानीसँगै पहिरो खस्दा दर्जन बढि घर प्रभावित भएका...

पहिरोका कारण ६ घरपरिवार विस्थापित

म्याग्दी :   म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिरोका कारण ६ परिवार विस्थापित भएका छन्। छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन्।मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले घर जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारिएको जानकारी दिए। ’छिपछिपेका केशबहादुर गोतामे, नरवीर गोतामे, तिर्खबहादुर गोतामे, तुलाराम गोतामे र रमेश गोतामेको परिवारलाई आफन्तकोमा राखिएको छ’, उनले भने, ‘महभिरका टेकबहादुर विकका परिवारलाई सामुदायिक भवनमा अस्

पहिरोले खोटाङमा ९ घर विस्थापित, २३ घर उच्च जोखिममा

लगातारको वर्षासँगै विभिन्न ठाउँमा झरेको पहिरोका कारण खोटाङमा नौ घर विस्थापित भएका छन् भने २३ घर उच्च जोखिममा परेका छन् ।

स्याङ्जामा पहिरोका कारण सिंगो गाउँ नै उच्च जोखिममा

स्याङ्जा । स्याङ्जामा पहिरोका कारण सिंगो गाउँ नै उच्च जोखिममा परेकाे छ। स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङ बजारका ८० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। १० वर्षदेखि बस्ती नजिकैबाट गईरहेको पहिरोले सिंगो बस्ती नै बगाउने खतरा बढेको छ। विगत १० वर्षदेखि निरन्तर गइरहेको पहिरोका कारण गल्याङ नगरपालिका वडा नं. ३ को गल्याङमा ८० घर पहिरोको उच्च […]

पहिरोका कारण नौ घर उच्च जोखिममा

काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका–५ का नौ घर उच्च पहिरोको जोखिममा परेको छ ।  सो वडाको खार र रुम्टिमा केही दिनदेखि परेको निरन्तर वर्षाका कारण घर नजिकै गएको पहिराले उच्च जोखिममा परेपछि सो क्षेत्रका बासिन्दा अहिले घर छाडेर अन्यत्र बस्दै आएको वडा कार्यालयले जनाएको छ ।वडा नं ५ का अध्यक्ष राजकुमार गौतमका अनुसार बिरुवा टोलका भीमसेन गौतम, खारका युवराज गिरी, पोष्टराज गिरी, चेतुराज गिरी र नारायण गिरीको घर पहिरोका उच्च जोखिममा छन् । त्यस्तै रुम्टिका मेहलाल गजमेर, झम्कप्रसाद

पहिरोको जोखिममा परेको घर

म्याग्दीको बेनी नगरपालिका–९ जम्रेनीमा पहिरोको जोखिममा परेको घर । घरमाथिको पहिरोका कारण यहाँ दुई परिवार विस्थापित बनेका छन् ।

पहिरोका कारण बस्ती जोखिममा, ११ घर पुरिए

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङको खहरे रानीवनमा गएको पहिरोका कारण बस्ती नै जोखिममा परेको छ । पहिरोले सयौं घर विस्थापित भएका छन् भने गत वर्ष ९ र अहिले २ गरी ११ घर पुरिएका छन् । गत सालबाट आएको रानीवन पहिरो नियान्त्रणतर्फ कसैको ध्यान नगएको कारण सयाैँ घर विस्थापित र हजारांै रोपनी खेतीयोग्य जमिन […] The post पहिरोका कारण बस्ती जोखिममा, ११ घर पुरिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाढी पहिरोका कारण बस्ती जोखिममा

कास्की - कास्कीको अन्नपूर्ण गाउँपालिकामा बाढी पहिरोका कारण बस्ती जोखिममा परेका छन् । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ को हाइजुङमा पहिरोका कारण ५०, ६० वटा घर जोखिममा परेकाे गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । लगातार परेको वर्षाका कारण पहिरो गएको उहाँले बताउनुभयो । पहिरोका कारण ज्ञानोदय आधारभूत विद्यालय पनि जोखिममा परेको छ । भिरालो जमिन भएका कारण पहिरो जाने क्रम नरोकिएको उहाँले बताउनुभयो । यस्तै, मोदी खोलामा आएको बाढीले यही गाउँपालिकाको वडा नम्बर ७ मा नदी आसपासका क्षेत्रमा रहेको बस्ती पनि जो...