भाेट हाल्न गाउँ घर जानेको भिडले काठमाण्डौका नाकामा चाप

काठमाण्डाै – मतदान गर्ने दिन नजिकिएसँगै काठमाण्डौ उपत्यका छोड्नेको संख्या बढ्दै गएको छ । काठमाण्डौका मुख्य नाका कलंकी–नागढुंगा र कोटेश्वर – जडिबुटी सडकखण्डामा आज पनि उस्तै चाप छ । यस्तै, लामो दूरीका बस छुट्ने नयाँ बसपार्कमा पनि यात्रुको भिड छ । गाउँ घर जाने तयारीमा रहेकाहरु बिहानै गाडी चढ्ने ठाउँमा पुगेका छन् । तर, उनीहरुलाई गाडी पाउन मुस्किल छ । गाडीको खोजीमा रहेका यात्रुको भिड सडकको छेउसम्मै छ । गाडी र यात्रुको चापका कारण कोटेश्वर जडिबुटी सडकखण्डमा आवागमन नै प्रभावित भएको छ । केही आ...