राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलबाट पार्टीको सदस्यता त्याग

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको सम्लग्नता त्याग गर्नुभएको छ । पार्टीको वरिष्ठ नेता रहनुभएका उहाँ यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । नेता पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टीको सदस्यबाट अलग भएको जानकारी गराउनुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । नेपालको संविधानमा निर्वाचन, मनोनयन वा नियुक्ति …

सम्बन्धित सामग्री

देउवाले गरे पौडेलको राजीनामा स्वीकृत

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजीनामा स्वीकृत गरेका छन् ।  वरिष्ठ नेता पौडेल फागुन २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यबाट अलग भएको राजीनामा आज स्वीकृत गरेका हुन् ।  ...

कांग्रेस सभापति देउवाद्वारा वरिष्ठ नेता पौडेलको राजीनामा स्वीकृत

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजीनामा स्वीकृत गरेका छन् । वरिष्ठ नेता पौडेलले फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यबाट राजीनामा दिएका थिए । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आजैका मितिदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेको पार्टी केन्द्रीय […]

अबको राष्ट्रपति कांग्रेसबाट : महामन्त्री शर्मा

सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको राष्ट्रपति आफ्नो पार्टीबाट बन्ने दाबी गर्नुभएको छ ।  नेपाली कांग्रेस सुर्खेतले आज आइतवार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन ।’  महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रूपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउन...

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित : नयाँ टिम पनि घोषणा

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बन्नुभएको छ । एक दशकदेखि सत्तामा रहेका सीले तेस्रो पटक सत्तामा आएर दशकौँदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास समेत रच्नुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अधिवेशनमा उहाँ पुनः पार्टीको महासचिवमा निर्वाचित हुनुभयो । अब उहाँ पाँच वर्षसम्म यही पदमा रहनुहुनेछ । चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि कुनै पनि नेता तेस्रो पटक सत्तामा आउन सकेका थिएनन् । सीले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि नयाँ स्थायी समिति पनि घोषणा गर्नुभएको छ । आज बसेको पहिलो केन्द्र...

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित, नयाँ टिमको घोषणा

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भए । सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो । अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् ।एक दशकदेखि सत्तामा रहेका सी जिनपिङले तेस्रो पटक सत्तामा आएर दशकौंदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् । उनी अब माओत्सेतुङको बराबर भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको निधनपछि  कुनै पनि नेता तेस्रो पटक सत्तामा आउन सकेनन् ।

द्रौपदी मुर्मु भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित

द्रोपदी मुर्म भारतको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । उहाँ १५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित हुनुभएको हो ।सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मुले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी हुनुभएको हो ।

रक्षामन्त्रीलाई हटाउँदै डोनाल्ड ट्रम्प, भने- ‘विपक्षी पार्टीको मान्छे जस्तो छ’

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आफ्नो टिमलाई स्थिर बनाउन सकेका छैनन्। आफ्ना सहयोगीदेखि मन्त्रीहरूलाई उनले फेरेका छन् भने कतिपयले उनलाई छोडेर गएका छन्। यो क्रमले अन्त्यको रूप लिएको छैन। ट्रम्पको टिमबाट अब बाहिरिने पालो रक्षामन्त्री जिम म्याटिसको देखिएको छ। ट्रम्प स्वयंले रक्षामन्त्री म्याटिसलाई &lsq...