एमाले महासचिवको आग्रह : ज्ञानेन्द्र र प्रचण्डबीचको सहमति बाहिर ल्याइदिनुस्

एमाले महासचिव शंकर पोखरेलले सञ्चारकर्मीहरूलाई पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भनिएको सहमति खोजेर सार्वजनिक गरिदिन आग्रह गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सञ्चारकर्मीहरूलाई यस्तो आग्रह गरेका हुन् ।केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र प्रचण्डबीच २०६० साल मंसिर १८ गते सहमति भएको बताएका थिए । ओलीको उक्त अभिव्यक्तिको पुष्टि ग