रोकिएन पृथ्वी राजमार्गमा झरेको पहिरो, अझै खुलेन सडक

पृथ्वीराजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोला नजिक २ स्थानमा पहिरो झरेका कारण अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ । दुईवटा जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोको कारण  सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मौवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् । पहिरो झर्ने क्रम नरोकिएका कारण सडक खुलाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक हिजो राति ११ बजेदेखि अवरुद्ध रहेको छ ।&n

सम्बन्धित सामग्री

दुर्घटनामा मृत्यु भएकी महिलाको पहिचान खुलेन

धादिङ। पृथ्वी राजमार्ग अन्तरगत मलेखु–गजुरी सडक खण्डको विहानी पम्प नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । भैरहवाबाट काठमाण्डौं तर्फ जाँदै गरेको लु २ ख २६४४ नम्बरको बस र विपरित दिशाबाट आँउदै गरेको बा २ ख ४७६२ नम्बरको माईक्रोबस एकआपसमा ठोक्कीएर दुर्घटना भएको थियो । दुर्घटनामा माइकोमा सवार […]

अझै खुलेन नारायणगढ-मुग्लिन सडक

लगातारको वर्षाका कारण पहिरो खसेर नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध  छन् । सोमबार राति  ११ बजेदेखि सडक अवरुद्ध भएका हुन् । नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९ केराबारी र सत्र किलोमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ ।ईच्छाकामना गाउँपालिका–६ को २ र ३ नम्वर पुलको बीचमा खसेको पहिरो पन्छाएर सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए । पृथ्वी राजमार्गअन्तर्गत ईच्छाकामना–३ कुरिनघाटमा बिहान ८:५० बजे खसेको पहिर