आज विश्व रेडक्रस दिवस, हेनरी ड्युनाको सम्झना गरिँदै

काठमाण्डौ - आज विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक जीन हेनरी ड्युनाको सम्झनामा यो दिवस विश्वभर मनाइँदै छ । नेपालसहित विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले यो वर्ष भीडभाड हुने औपचारिक कार्यक्रम भने तय गरिएको छैन । कोरोना सङ्क्रमण भएका देशहरुमा भने औपचारिक कार्यक्रमहरु पनि हुँदै छ । नोबेल शान्ति पुरस्कारका प्रथम विजेतासमेत रहनुभएका रेडक्रसका संस्थापक ड्युनाको सन् १८२८ को मे ८ मा जन्म भएको थियो ।   उहाँको जन्म दिनको अवसरमा नै हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाउन थालिएको हो । रेडक्रसको मुख्य कामहर...