बागलुङ : निरन्तरको वर्षाका कारण काठेखोला गाउँपालिका–४ तंग्रामको ठूलोगाउँका सात घर पहिरोको उच्च जोखिममा परेका छन्। गत असारबाट जान थालेको पहिरो अहिलेसम्म नरोकिँदा घर छोडेर हिँड्नुपर्ने अवस्थामा आएको ठूलोगाउँका स्थानीयको गुनासो छ।स्थानीय जंगबहादुर दर्जी, प्रेम दर्जी र कुमार दर्जीसहित सात परिवारको घर पहिरोको उच्च जोखिममा परेको छ। घरभन्दा एक सय मिटर तलबाट निरन्तररुपमा जमिन चिराचिरा परेर घरसम्मै पहिरो जाँदा स्थानीय विस्थापित हुने चिन्ता बढेको जंगबहादुर दर्जीले बताए।“असारमा अलिअलि चर्केको थ