‘म केही गर्छु भनेर पदमा आएको हो, सिंगल मान्छेलाई पैसा किन चाहियो ?’

नेकपा माओवादी केन्द्रका नेता एवं उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले आफू पावर र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताएका छन् । शनिबार श्रेष्ठको सम्मानमा उनको पारिवारिक सम्बन्ध जोडिएको मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै आफूलाई पैसाको कुनै लालच नभएको बताएका हुन् । उनले पद पावरका लागि भन्दा पनि देशमा सेवा भावले केही गर्नु पर्छ भन्ने आफ्नो सोच रहेको सुनाए । नेता श्रेष्ठ हालसम्म पनि अविवाहित छन् । उनले आफू &l