नेपाल कम्युनिस्ट पार्टी नेकपा (विप्लव समूह) शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । बिहीबार सरकारी पक्ष र विप्लव पक्षबीच भएको वार्तामा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । सरकारी पक्षसँग भएको ३ बुँदे सहमतिअनुसार विप्लव समूहमाथि लागेको प्रतिबन्ध हटाइएको छ । यस्तै राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट...