माओवादी केन्द्रले सुरु गर्‍यो नेताहरुको कार्यविभाजन सम्बन्धी छलफल

काठमाडौँ – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले पार्टी नेताहरूको कार्यविभाजनसम्बन्धी छलफल सुरु गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलन तयारीलगायत सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरेको हो। आइतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरूको कार्यविभाजन, पुस ११, १२ र १३ गते […]