अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाईएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’को संक्रमण भित्रिन नदिन दक्षिण अफ्रिकी देशका नागरिकलाई प्रवेशमा रोक लगाईएको हो । गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन आइतबार निर्देशन दिएको छ । कूटनीतिक, अफिसियल र आपतकालीन काम भएकाबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।गृह मन्त्रालयले अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई पनि कोरोना परीक्षणको रिपोर्टका आधारमा मात्रै आवश्यक निर्णय लिन पनि निर्देशन दिएको छ ।