विधिको शासन कायम गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण : प्रम

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा विधिको शासन र फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन सरकारी वकिलको महत्वपूर्ण भूमिका भएको बताउनुभएको हो । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले मुलुकमा विधिको शासन, मानवअधिकार, नागरिक अधिकार र कानूनको शासनका लागि सधै क्रियाशील हुन आग्रह गर्नुभयो । “विधिको शासन, मानवअधिकार संरक्षण गर्ने कार्य …