अन्तर्राष्ट्रिय महिला व्यापार मेलामा ११३० सामग्रीको प्रदर्शन

महिला उद्यमी महासंघको पाँचौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला समापन गरेको छ । महासंघले कोभिडका कारण भर्चुअलमार्फत् गत बिहीबादेखि सुरु गरेको अन्तर्राष्ट्रिय महिला व्यापार मेला सोमबार सम्पन्न गरेको हो ।‘सहकार्य गरौं, सफल बनौं’ भन्ने नाराका साथ पाँचौ अन्र्तराष्ट्रिय व्यापार मेलामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महिला उद्यमीहरूले आफ्ना उत्पादन बिक्रीका लागि पर्याप्त अवसर प्राप्त गरेको जनाएको छ । […]

सम्बन्धित सामग्री

महिला उद्यमी व्यापार प्रदर्शन तथा प्रवर्द्धन मेला सुरु

तनहुँको दमौलीमा तीन दिने महिला उद्यमी व्यापार प्रदर्शन एवम् प्रवर्द्धन मेला सुरु भएको छ । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको अनसनचौतारी, खुलाचौरमा फागुन २७ गते सम्म चल्ने छ ।

महिला उद्यमी अन्तर्राष्ट्रिय व्यापार मेला समापन

काठमाडौं (अस) । महिला उद्यमी महासंघले सञ्चालन गर्दै आएको अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको पाँचौं संस्करण सम्पन्न भएको छ । कोरोना महामारीका कारण महासंघले गत भदौ ६ देखि २१ गतेसम्म आयोजना गरेको पाँचौं अन्तर्राष्ट्रिय अनलाइन भर्चुअल व्यापार मेला सोमबार सम्पन्न भएको हो । महासंघले अनलाइन प्लाटर्फममा स्थान उपलब्ध गराउँदै यो वर्ष ‘सहकार्य गरौं, सफल बनौं’ नाराका साथ पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरेको हो । व्यापार मेलामा राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय महिला उद्यमीले भर्चुअल प्रविधिमार्फत आफ्ना उत्पादन बिक्रीमा राखेका थिए । मेला सञ्जाल निर्माण, सीप तथा ज्ञानको आदानप्रदान तथा उत्पादनलाई बढावा दिन सफल भएको दाबी महासंघको छ । काठमाडौंलगायत नेपालका विभिन्न महिला उद्यमी, जिल्ला संघमा आबद्घ महिला उद्यमीले सहभागिता जनाएको भर्चुअल व्यापार मेलामा महिला उद्यमीबाटै उत्पादित सामग्री प्रदर्शन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रेताले भर्चुअल माध्यमबाटै खरिद तथा बिक्री गरेको महासंघले जनाएको छ । मेलामा  महिला उद्यमीका उत्पादन अनलाइन ई–पोर्टलमार्फत प्रदर्शन गरिएको थियो भने वीनबिज साइटबाट बिक्री गरिएको थियो ।  महिला उद्यमीका उत्पादन सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम तथा युट्युब र इमेलमार्फत पनि प्रचार गरिएको थियो । भर्चुअल व्यापार मेलामा सात वटै प्रदेशको प्रतिनिधित्व गर्दै २४ विभिन्न जिल्लाका महिला उद्यमीद्धारा उत्पादित ११३० वटा सामाग्रीलाई विभिन्न ४ समूहमा विभाजन गरी प्रदर्शनीमा राखिएको थियो । भर्चुअल मेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल १ लाखभन्दा बढी दर्शकले अवलोकन गरेको महासंघले जनाएको छ ।