जान्नुहोस् अफ्रिकाका बारेमा केही रोचक तथ्य !

अफ्रिकाका बारेमा तपाईंले धेरै कुरा सुन्नुभएको होला तर यहाँ हामीले जानकारी दिन लागेका तथ्यले त तपाईंलाई तीनछक्कै पार्नेछन् । तपाईंले यसअघि शायद यी तथ्य पढ्नुभएको थिएन होला । सन् १९९८ मा अफ्रिकी मुलुक कंगोको कसाइ प्रान्तमा भइरहेको फूटबल म्याचको बेलामा चट्याङ खस्दा एक टिमका सबै ११ खेलाडीको मृत्यु भयो । अचम्मको कुरा त अर्को टिमको एउटा पनि खेलाडीलाई केही भएन । यसमा टुनामुना भएको आरोप लागेको थियो । समुद्री घोडा अफ्रिकाको सबभन्दा खतरनाक जनावर हो । यसले सिंह र गोहीभन्दा पनि धेरैचोटि मान्छेलाई आक्रमण गरेर सिध्याउँछ । ...

सम्बन्धित सामग्री

पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक

काठमाडौं (अस) ।  पुष्करलाल श्रेष्ठद्वारा विभिन्न समयमा गरिएका राजनीतिक विश्लेषणयुक्त आलेखहरूको संग्रह ‘नेपाल किन बनेन ?’ नामक पुस्तक सार्वजनिक गरिएको छ । श्रेष्ठको उक्त पुस्तक आइतवार सार्वजनिक गरिएको हो । स्व. श्रेष्ठले ‘नेपाल किन बनेन ?’ शीर्षकमा लेखेको लेख नै उनको जीवनको अन्तिम लेख बन्यो, जुन २०७५ मंसिर १४ मा नेपाल समाचारपत्रमा प्रकाशित भएको थियो । उनको अन्तिम लेखको शीर्षकबाटै किताबको नाम राखिएको हो । कामना समूहका संस्थापक श्रेष्ठको तृतीय वार्षिक पुण्यतिथिका अवसरमा सार्वजनिक ‘नेपाल किन बनेन ?’ उनको दोस्रो पुस्तकाकार कृति हो । यसअघि गतवर्ष मंसिर १५ मा कामना समूहको वार्षिकोत्सवको अवसरमा ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ यात्रा संस्मरण प्रकाशित भएको थियो । यात्रा संस्मरणमा उनले यूरोप, अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र एशियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक अनुभूति समेटेका थिए । ‘नेपाल किन बनेन ?’ले मुलुकको राजनीतिक तथा सामाजिक प्रवृत्तिगत अवस्थाको विस्तृत चित्रण गरेको छ । कामना न्यूज पब्लिकेशन्स प्रालिद्वारा प्रकाशित यस पुस्तकमा समेटिएका आलेखहरूको विशेषता गहिराइसम्म पुगेर गरिएको तटस्थ विश्लेषण हो । पुस्तक प्रकाशक तथा कामना न्यूज पब्लिकेशन्सका प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले पत्रकार पिताका विषयमा दुई मार्मिक लेख समेत समावेश गरेका छन् । किताबमा सञ्चारविद् प्रा. रामकृष्ण रेग्मी, महिला मानवअधिकार अभियन्ता वन्दना राणा, वरिष्ठ पत्रकारद्वय डा. कुन्दन अर्याल, देवप्रकाश त्रिपाठी र वरिष्ठ साहित्यकार एसपी आशाबाट लेखक तथा पत्रकार पुष्करलाल श्रेष्ठप्रति अभिव्यक्त धारणा पनि समेटिएका छन् । नेपालको अवस्था बुझ्न चाहने हरेक पाठकका लागि ‘नेपाल किन बनेन’ निकै सहयोगी स्रोत सामग्री हुनेछ ।

कमेडी वाइल्डलाइफ फोटो अवार्डको छनोटमा परेका केही रोचक तस्बिर

कमेडी वाइल्डलाइफ फोटो अवार्डका लागि केही रोचक तस्बिर छानिएको छ ।संसारभरीबाट ७ हजार वटा तस्बिर आएकामध्ये ४२ तस्बिरलाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको छ । यसबारे बिहिबार प्रेस वक्तव्यमा जानकारी दिइएको छ ।यी तस्बिर बेलायत, दक्षिण अफ्रिका, जर्मनी र भारतलगायत संसारभरीका विभिन्न स्थानबाट प्राप्त गरिएको हो ।यो अवार्ड सन् २०१५ मा फोटोग्राफर पल जोयनसन–हिक्स र टम सुल्लामले स्थापना गरेका हुन् । उनीहरुले रोचक ढङ्गले वन्यजीव संरक्षणलाई प्रोत्साहन गर्न चाहन्थे ।

पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको छ। श्रेष्ठद्वारा प्रतिष्ठापित कामना समूहको ३७ औं वार्षिकोत्सवका अवसरमा उक्त यात्रा स्मरणमा उनले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु समेटिएका