उच्च गुणस्तर र अत्याधुनिक प्रविधिमा बनेको सामसङको ग्यालेक्सी ए १३ लन्च

काठमाडौं, २० भदौ । सामसङले आफ्नो उत्पादन सामसङको ग्यालेक्सी ए१३ लन्च गरेको छ । सामसङले कायम राखेको उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको दायरामा बनेको दाबी गरेको छ । सामसङको अनुसार यो सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन हो। फोनमा क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस रहेको […]

सम्बन्धित सामग्री

सामसङ ग्यालेक्सी ए १३ बजारमा

काठमाडौँ । सामसङले आफ्नो नयाँ उत्पादन सामसङ ग्यालेक्सी ए १३ स्मार्ट फोन बजारमा ल्याएको छ । कम्पनीले ल्याएको नयाँ फोन उच्च गुणस्तर र अत्याधुनिक प्रविधिसहितको सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन हो । यसमा क्वाड क्यामरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजजस्ता विशेषता रहेको जनाइएको छ । यसमा क्वाड क्यामराको माथिल्लो भागमा ५० […]

युवा प्रयोगकर्ताका लागि बनाइएको फोन– सामसुङ ग्यालेक्सी ए१३

सामसुङले लामो प्रतीक्षापछि सामसुङ ग्यालेक्सी ए१३ सार्वजनिक गरेको छ । कम्पनीले कायम राखेको उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको दायरामा बनेको यो सामसुङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन हो ।

नेपालमा पनि आयो सामसङ ग्यालेक्सी ए १३ स्मार्टफोन

काठमाडौं । सामसङ ‘ए’ सिरिज अन्तर्गत सामसङ ग्यालेक्सी ए १३ स्मार्टफोन नेपालमा पनि लन्च गरिएको छ । विश्व बजारमा रुचाइएको यो फोनलाई नेपाली प्रयोगकर्ता माझ पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । ग्यालेक्सी ए १३ सामसङले कायम राखेको उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको दायरामा बनेको कम्पनीको दाबी छ । यो सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा […]

सामसङको ए सिरिजको सस्तो फोन नेपाली बजारमा उपलब्ध, कति छ मूल्य ?

सामसङले लामो समयदेखि प्रतिक्षित फोन ग्यालेक्सी ए १३ नेपालमा सार्वजनिक गरेको छ। यो फोन उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको दायरामा बनेको कम्पनीको दावी छ । यो सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा सस्तो फोन हो। क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस यसका विशेषता हुन् । आफ्नो फोन प्रयोग गरेर गुणस्तरीय...

सीजी मोटर्सले ल्यायो सस्तो इलेक्ट्रिक कार

चौधरी ग्रुप अन्र्तगतको सीजी मोटर्सले नेपालमा उच्च गुणस्तर र सस्तो मुल्यमा इलेक्ट्रिक कार उपलब्ध गराएको छ । अत्याधुनिक फिचर्सहरूमा उपलब्ध चिनियाँ इलेक्ट्रिक कार निटाभीको मुल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ । निटाभीमा उपलब्ध फिचर्स रहेका अन्य इलेक्ट्रिक कारको न्यूनतम मुल्य नेपाली बजारमा ४० लाखभन्दा माथि रहेको छ ।निटा भीको मूल्यका सम्वन्धमा सामाजिक सञ्जालमा भइरहेका केही टीकाटिप्पणीप्रति सीजी मोटर्स र कार उत्पादक कम्पनी होजोन अटोमोवाईलले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । विहिबार संयुक्त प्रेस वि

डीएचआईको रेफ्रिजरेटर र मिक्स्चर बजारमा

डिजिटल होम इन्टरनेसनलले दसैं र तिहारको अवसरमा आफ्नो घरायसी सामान अन्तर्गतको नयाँ रेफ्रिजरेटरको र मिक्स्चर ग्राइन्डर बजारमा ल्याएको छ ।डीएचआई सेट–अप बक्सको सफल निर्माण र वितरणमा प्रमाणित गरिसकेको डीएचआईले ग्राहकको चाहनालाई बुझेर उच्च गुणस्तरीय घरायसी सामानहरु बजारमा ल्याएको जनाएको छ । अत्याधुनिक र नवीनतम प्रविधिमा निर्मित डीएचआईका रेफ्रिजरेटरको उच्च गुणस्तर र भरपर्दो सेवाले ग्राहकको जीवनशैलीमा […]

डीएचआईको रेफ्रिजरेटर र मिक्चर ग्राइन्डर बजारमा

डिजिटल होम इन्टरनेसनलले दसैं र तिहारको अवसरमा आफ्नो घरायसी सामान अन्तर्गतको नयाँ रेफ्रिजरेटरको र मिक्चर ग्राइन्डर बजारमा ल्याएको छ ।डीएचआई सेट–अप बक्सको सफल निर्माण र वितरणमा प्रमाणित गरिसकेको डीएचआईले ग्राहकको चाहनालाई बुझेर उच्च गुणस्तरीय घरायसी सामानहरु बजारमा ल्याएको जनाएको छ । अत्याधुनिक र नवीनतम प्रविधिमा निर्मित डीएचआईका रेफ्रिजरेटरहरुको उच्च गुणस्तर र भरपर्दो सेवाले ग्राहकहरुको जीवनशैलीमा […]

२२ करोड लगानीमा चितवनमा अत्याधुनिक प्रविधिको खाद्य उद्योग स्थापना

असार १, चितवन । भरतपुर महानगरपालिका - ४ स्थित लक्ष्मीपुरमा अत्याधुनिक प्रविधिको खाद्य उद्योग स्थापना गरिएको छ ।  मनकामना ग्रुपले सञ्चालनमा ल्याएको दरबारफुड इन्डिष्ट्रिजबाट हाल ‘मेहक’ ब्राण्डका १६ प्रकारका मसला उत्पादन हुन थालेको छ । स्वदेशमै उच्च गुणस्तरको खाद्यसामाग्री उपलब्ध गराउने उद्धेश्यले उद्योग स्थापना गरिएको मनकामना ग्रुपले बताएको छ । मसला लगायत अन्य खाद्य वस्तुको उत्पादन शुरु गर्दासम्म २२ करोड रुपैयाँ लगानी अनुमान गरिएको यो उद्योग नौ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । निषेधाज्ञा बीचनै मसलाजन्य उत्पादन शुरु गरिएको र अन्य उत्पादनहरु निषेधाज्ञापछि शुरु गरिने ग्रुपका अध्यक्ष लक्ष्मण अर्यालले जानकारी दिए । ‘एक महीनादेखि नै मसलाजन्य उत्पादन र विक्री पनि शुरु भइसकेको छ’, उनले भने, ‘निषेधाज्ञा पछि अन्य उत्पादनको मेशीन उपकरण जडान गर्नेछौं ।’ निषेधाज्ञापछि दालमोठ, भुजिया र नमकिन,चियापत्ती, कन्फेल्क्स, कुरकुरे, आलुचिप्स लगायतका उत्पादन शुरु गरिने अर्यालले बताए ।  उक्त समूहले यसअघि निर्माणजन्य सामग्रीको उद्योगहरु सञ्चालन गर्दै आएको थियो । कम्पनीलाई विस्तार गर्ने र अन्य क्षेत्रमा समेत सेवा विस्तार गर्ने उद्धेश्यले खाद्यवस्तु उद्योगमा पनि  लगानी गरिएकोे उनको भनाइ छ । उक्त समूहले जस्मिन पेन्ट्स, जगदम्बा प्लास्टिक, टाटा मेटल एण्ड क्राफ्ट र एभोकाडो ईन्टरनेशन मार्फत अन्य उद्योगलाई चाहिने केमिकल आपूर्तिको काम गर्दै आएको छ । ‘हामीले पहिले निर्माणजन्य उद्योगमा मात्र लगानी बढायौं’, अध्यक्ष अर्यालले भने, ‘अहिले नयाँ सोच र उद्धेष्यका साथ खाद्यजन्य उद्योगमा हात हालेका हौं । अब क्रमश: निर्याततर्फ बढ्नेछौं ।’ हाल जर्मन प्रविधिमा आधारित भारतमा बनेको उक्त मेशीन बढी अत्याधुनिक र बढी उत्पादन क्षमता रहेको छ । कम्पनीका अनुसार प्रतिदिन यो मेशिनले प्रतिघण्टा ४०० केजी मसला उत्पादन गर्नेछ । स्वचालित मेशीन भएकोले मसलामा चाहिने कच्चा पदार्थको मात्रा मेशीनले मिलाएर, प्रशोधन र प्रयोगशाला परीक्षण गरी प्याकेजिङ्गसमेत मेशीनबाटनै हुर्ने  अध्यक्ष अर्यालले  जानकारी दिए ।  लामो समयको बजार अनुसन्धान, माग, र आपूर्ति र अन्तरराष्ट्रिय बजारको अवस्थालाई समेत ध्यानमा राख्दै निर्यात गर्ने उद्धेश्यले उद्योग स्थापना गरिएको दरबार फुड इन्डिष्ट्रिजका प्रबन्धक निर्देशक रवीन्द्र शर्मा भुषालले बताए । ‘हामीले धेरैसमय लगाएर बजार अनुसन्धान गर्‍यौं र यसको माग, आवश्यकता र आपूर्तिको अवस्था पनि हेर्‍यौं’, प्रबन्धक भुषालले भने । उनका अनुसार निम्न वर्गको भान्सादेखि तारे होटलहरुलाई लक्षित गरी मसलाजन्य उत्पादन शुरु गरेको र अब गरिने  अन्य उत्पादन पनि सबै  वर्ग लक्षित हुने र उच्च गुणस्तरको हुनेछ । हाल निषेधाज्ञाका कारण मसलाको माग अनुसारको आपूर्ति गर्दै आएको र निषेधाज्ञा खुलेपछि देशभर आपूर्ति हुनेगरी उत्पादन हुने भुषालको भनाइ छ ।  हाल मसला उद्योगमा प्रत्यक्षरुपमा ३५ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।सबै उत्पादन शुरु भएपछि १५० जनाले रोजगारी पाउने पनि उनले बताए ।  नेपालमै उच्च गुणस्तर, प्रकार र स्वाद अनुसार मसला उत्पादन गरिएकोले उत्पादहरुले राम्रो बजार पाएको दाबी कम्पनीले गरेको छ । अझै पनि ४० प्रतिशत हाराहारीमा  नेपाली तयारी मसलाको पहुँचमा नपुगेको भन्दै गुणस्तरीय कायम राख्दै मसलाको आयात र तयारी मसलाको बजार विस्तार गर्ने उद्योगको उद्धेश्य रहेको भुषालले बताए ।  ‘तयारी मसलाको पहुँच ६० प्रतिशतको हाराहारीमा होला । बाँकी रहेको बजार आधाजति नेपालमा उत्पादन हुन्छ बाँकी बाहिरबाट आउँछ’, उनले भने, ‘यसको बजार र संभावना बढिरहेको मसला उत्पादनबाट शुरु गरेका हौं ।’  यो उद्योगको पूर्वाधार निर्माण दुई वर्षअघिदेखि शुरु गरिए पनि गत महीनाबाट मसलाको उत्पादन शुरु गरिएको हो । नेपालमा वार्षिक मसलाको मात्रै सांढे १२ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ ।