प्रदेश २ : मन्त्रालय थपिएसँगै कर्मचारी र भौतिक संरचनाको अभाव

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जेठ मसान्तमा आफ्नै पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरी नेपाली काँग्रेसलाई सरकारमा सहभागी गराए । यस क्रममा विभिन्न मन्त्रालय विभाजनसमेत गरिएको छ तर पनि कर्मचारी व्यवस्थापन र भौतिक संरचनाको अभावमा दैनिक कामकाज प्रभावित हुन थालेको छ ।मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश सरकारमा काँग्रेस सहभागी भएको करिब चार साता बितिसक्दा पनि नयाँ मन्त्रालयमा भौतिक संचरना र कर्मचारी व्यवस्थापन हुन सकेको छैन ।सरकार टिकाउनका लागि मुख्यमन्त्री राउतले हतारमा मन्त्रालय फुटाउने र काँग्