विवेकशील साझाले पार्टी प्रवक्तामा संस्थापक नेता प्रकाशचन्द्र परियारलाई नियुक्त गरेको छ । पार्टीको संचार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका नेता परियारलाई विधानको भाग १२ को दफा ७२ (४)६ र ७२ (४) ७ बमोजिम प्रवक्तामा नियुक्त गरिएको अध्यक्ष समिक्षा बास्कोटाले बताइन् ।परियार, विवेकशील साझा पार्टीका संस्थापक नेता मध्येका एक हुन् । पार्टी स्थापनाकालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका परियार हाल पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख हुन् ।सामाजिक न्याय र मानव अ