काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल समूहका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधेपछि नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ। बानेश्वरको अर्याल होटलमा ३ बजे बैठकका लागि बोलाइएको हो। बैठकमा सहभागी हुन सांसदहरु आउने क्रम जारी छ। एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी बनाउन खोजेको आरोपसहित अन्तिम चेतावनी सहितको स्पष्टीकरण सोधेको छ। सांसदहरुलाई अन्तिम मौका भन्दै तीन दिनभित्र चित्तबुझ्दो जवाफ नफर्काए थप कारबाही हुनसक्ने चेता