चीनसँग तनाव बढेपछि ताइवानले लम्ब्यायाे अनिवार्य सैन्य सेवा अवधि

ताइवानले अनिवार्य सैन्य सेवा अवधि लम्ब्याएकाे छ । राष्ट्रपति साई इङ–वेनले  सैन्य सेवालाई चार महिनादेखि एक वर्षसम्म बढाउने बताउनुभएको हाे ।  चीनको स्वशासित टापुमा लगातार बेइजिङसँग तनाव बढेपछि ताइपेईले अनिवार्य सैन्य सेवा अवधि बढाएकाे हाे । आज मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति साईले बेइजिङबाट आक्रमण भएमा ताइवानको रक्षालाई सुदृढ तुल्याउन नयाँ योजनाको घोषणा गर्नुभयो । राष्ट्रपति साईले सेनामा भर्ती हुनेलाई गहन प्रशिक्षण दिइने, अमेरिका र अन्य देशका उन्नत सेनाबाट सहयोग लिने योजना पनि उहाँले सुनाउन...