प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तेजनात्मक कुरा गरेर देशमा तनाव बढाउने काम भएको बताए। प्रतिनिधिसभाको दोस्रो बैठकमा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। ‘माखे साङ्लो र आँप झरेको कुरालाई बंग्याइयो, हल्ला फैलाइयो, यस्तो छुद्रखालको राजनीति नगरौं।’ तराईमा त्यतिबेला उत्तेजनाको राजनीति गरिएको बताए। देश सबैको साझा हो, तराईको ठेकेदार बन्न नहुने बताए।