प्लाष्टिकका माला :  सरकारी घोषणामा प्रतिबन्ध, बजारमा खुलेआम बिक्री

काठमाडौं :  गत शुक्रबार वन तथा वातावरण मन्त्रालयले  प्लाष्टिकका फूल तथा माला बिक्री वितरण नगर्नु भन्दै सूचना जारी गर्‍यो। हिन्दु नेपालीको महान चाड तिहारलाई लक्ष्य गरी बजारमा प्लाष्टिकका फूल तथा माला देखिन थालेसँगै रोक लगाएको हो।  सरकारले गत १२ साउनमा राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिक जन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो। सोही अनुसार नै प्लास्टिक जन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री व