काठमाडौं– नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील सामग्री दुरुपयोग तथा मानसिक तनाव दिएको आरोपमा एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको आसाम राज्य, गुहाटी मदनपुरका २६ वर्षीय जावरुल हक र ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका २४ वर्षीय सरोज कार्की छन् । […]
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल विशेष अदालतबाट आरोपमा पूर्ण सफाइ पाएपछि पुनः प्रबन्ध निर्देशक पदमा पुनर्बहाल भएकी छन्। नेपाल टेलिकमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विशेष अदालतबाट सफाइ पाएपछि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असार २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनीमाथिको निलम्बन फुकुवा गरिएको हो। पदबहालीपछि कर्मचारीलाई […]
काठमाडौं– बुटवलमा दर्ता भएका मात्र रिक्सा सञ्चालन हुनुपर्ने माग गर्दै रिक्सा व्यवसायी आन्दोलित भएका छन्। बुटवलमा १ हजार ४४० रिक्सा दर्ता भएका छन् । दर्ता भएका व्यवसायीको पनि कर नलिएको तथा बिना दर्ताका रिक्सा धेरै भइरहेको भन्दै ई रिक्सा सञ्चालक आक्रोशित भएका छन् । उनीहरूले बुटवलको योगिकुटीदेखि बुटवल उपमहानगरपालिका कार्यालय हाटबजार सम्म र्याली गर्दै कार्यालय […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले मिडिया हाउसमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र कसैले आरोप लगाए त्यसमा सत्यता नभएको बताएका छन् ।
काठमाडौं– देशभर एकै दिनमा भएका विभिन्न विपद्का घटनामा परी ७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार देशका ४४ जिल्लामा ५५ वटा विपद्का घटना दर्ता भएका छन् । उक्त अवधिमा १९ जना घाइते भएका प्राधिकरणले जनाएको छ । घटनामा २५६ परिवार प्रभावित भएका छन् । सबैभन्दा बढी २० […]