गोरखा : गण्डकी प्रदेश सरकारमा दुई बिनाविभागीय मन्त्रीले भोलि पदभार ग्रहण गर्ने भएका छन्।सरकारका प्रवक्ता समेत रहेका सामाजिक बिकास मन्त्री कुमार खड्काले ‘आइतबार प्रदेशसभा बैठक सुरु हुनुअघि राजिव गुरुङ (दिपक मनाङ्गे) ले युवा तथा खेलकुद मन्त्रालय र जसपाका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको पदभार ग्रहण गर्ने सहमति भएको जानकारी दिए।मन्त्री मनाङ्गे र जसपाका आचार्यलाई दिने भनेको मन्त्रालयमा कांग्रेस र माओवादीले पनि दाबी गर्न थालेपछि सत्ता साझेदार दलहरुबीच किचलो शुरु भएको