बजारमा जोखिमयुक्त साधनहरू जति छन् त्यो जोखिमलाई न्यूनीकरण गर्न ‘डेरिभेटिभ’ बजारको पनि त्यति नै आवश्यकता पर्छ । सामान्यतयाः पुँजीबजारले विभिन्न प्रकारका कम्पनीहरूको वृद्धि, विकास र अस्तित्वका लागि चाहिने पुँजी उपलब्ध गराउने काम गर्छ । बजार अर्थतन्त्रलाई मान्ने हो भने बजारबाट पुँजी उपलब्ध गराउने संयन्त्र नै पुँजीबजार हो ।अहिले नेपालमा २ लाखभन्दा धेरै कम्पनीहरू दर्ता भएको […]