कलाकारहरू भुवन केसी, स्वेता खड्का र रवीन्द्र खड्का कांग्रेस प्रवेश

अभिनेता भुवन केसी, अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टीका थाप्दै यी तीन कलाकार कांग्रेश प्रवेश गरेका हुन् । उनीहरूलाई वरिष्ठ कलाकार नीर शाहको पहलमा कांग्रेस प्रवेश गराइएको बताइएको छ ।