आदित्य नारायणकी छोरीको जन्म : भने, ‘श्वेताका लागि मेरो सम्मान दोब्बर भयो’

 भारतीय गायक आदित्य नारायण र श्वेता अग्रवाल छोरीका बुवा–आमा बनेका छन् । श्वेताले २४ फेब्रुअरीमा मुम्बईको एक अस्पतालमा छोरी जन्माएकी हुन् । बुवा बनेपछि आदित्यले आफू असाध्यै खुसी भएको र छोरी नै जन्मिने कुरामा आफू आशावादी भएको पनि उनले बताए ।श्वेताका लागि मेरो सम्मान दोब्बर भयोःआदित्यले एउटा अन्तरवार्तामा भनेका छन्, ‘सबैले मेरो छोरा नै जन्मिने बताएका थिए । तर मलाई भने म छोरीको पिता बन्नेछु भन्ने आशा थियो । छोरी सधैँ आफ्नो पिताको नजिक हुन्छन् र मेरी सानी परी आएकोमा मलाई असाध्यै खुसी