पर्वतमा २८ जनाकै उम्मेदवारी कायम

पर्वत : प्रतिनिधिसभा र प्रदेशसभामा गरेर कुल २८ जना उम्मेदवारहरूको मनोनयन दर्ता भएको पर्वतमा २८ जना नै उम्मेदवारका रुपमा कायम भएका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभामा एक जना र दुई वटा प्रदेश सभामा १/१ जना गरी कुल तीन जना उम्मेदवार निर्वाचित हुने पर्वतमा प्रतिनिधिसभामा १२ जनाको, प्रदेशसभा ‘क’ मा नौ जनाको र प्रदेशसभा ‘ख’ मा सात जनाको मनोनयन दर्ता भएको थियो।उम्मेदवारी फिर्ताको लागि दिइएको समयमा कोही पनि उम्मेदवारहरूले मनोनयन फिर्ता नगरेपछि २८ जना नै आ

सम्बन्धित सामग्री

पर्वत : तीनजना चुनिने ठाउँमा दुईजना ‘टेस्टेड’ र २६ नयाँ अनुहारबीच भिडन्त

पर्वत :  प्रतिनिधिसभा सदस्यका लागि १ र प्रदेशसभा सदस्यमा २ जना गरी ३ जना निर्वाचित हुने पर्वतमा २८ जना उम्मेदवार चुनावी मैदानमा छन्। ‘मिसन मंसिर ४’ का लागि सकेसम्म प्रयास गरिरहेका उनीहरूमध्ये ३ जनाले मात्रै संसदमा स्थान पक्का गर्ने छन्।प्रतिनिधिसभामा १२ जनाको, प्रदेशसभा ‘क’ मा ९ जनाको र प्रदेशसभा ‘ख’ मा ७ जनाको उम्मेदवारी परेको छ।प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का पदम गिरी, नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र

पर्वतमा एमाले–कांग्रेससहित १२ उम्मेदवारबीच प्रतिस्पर्धा

पर्वतमा प्रतिनिधि सभाको १ पदका लागि ३ स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेस एमालेसहित नौ वटा राजनीतिक दलले उम्मेदवारी दिएको यो जिल्लामा मुख्यगरी यिनै दलका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । यहाँ एमालेका पदम गिरी र नेपाली काँग्रेसका अर्जुन प्रसाद जोशी उम्मेदवार छन् । यी बाहेक राप्रपाका दिपक बहादुर मल्ल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ठाकुर प्रसाद भुसाल, मंगोल नेशनल अर्गनाइजेसन चन्द्र बहादुर पाइजा पुन, राष्ट्रिय जनमुक्ति पार्टीका बल बहादुर थापा कांग्रेस

जिल्ला समन्वय समिति पर्वतमा प्रमुख एमाले र उपप्रमुख गठबन्धन विजयी

पर्वत । जिल्ला समन्वय समिति पर्वतमा प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा गठबन्धनका उम्मेदवारी निर्विरोध निर्वाचित भएका छन् । एमाले र गठबन्धनकाबीचमा सहमति भएपछि प्रमुख, उपप्रमुख र सदस्य सबै निर्विरोध निर्वाचित भएका हुन् । प्रमुख पदमा एमालेका बिष्णुराम बिक र उपप्रमुखमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सोम जिसी बिजयी भएका छन् । सदस्यमा एमालेका तर्फबाट दर्शन घले, […]

एमालेको गढमा स्वतन्त्र उठेका पूर्वप्रहरी विजयी

पर्वत : दलीय राजनीति भन्दा माथि उठेर उम्मेदवारी दिनु र त्यसमा पनि दलका उम्मेदवारहरूलाई पराजित गर्नु सहज कुरा होइन। गन्न सकिने ठाउँमा मात्रै त्यस्ता स्वतन्त्र उम्मेदवारहरूले विजय प्राप्त गरेका हुन्छन्।पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीको वडाध्यक्षमा पनि त्यस्तै भएको छ। स्वतन्त्र रूपमा उम्मेदवारी दिएर आँप चिन्हबाट चुनावमा भिडेका झलक रिमालको चर्चा जिल्लाभर चलिरहेको छ। काठमाडौँमा स्वतन्त्र उम्मेदवारी दिएर जसरी बालेन्द्र शाहले चर्चा कमाएका छन्, पर्वतमा पनि रिमालको त्यस्तै प्रशंसा भइरहेको छ।

पर्वतमा अन्ततः गठबन्धनमै रह्यो जसपा

पर्वत : पर्वतमा आफूहरूलाई सम्मानजनक रूपमा पद नदिइएको बताउँदै गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टी अन्ततः गठबन्धनमै रहने निर्णय भएको छ।सोमबार बिहान गठबन्धनमा रहेका दलहरूबीच भएको बैठकमा केही शर्तहरूसहित सहमति भएको र जसपाले आफ्नो सबै शक्ति गठबन्धनका उम्मेदवारहरूलाई जिताउन प्रयोग गर्ने सहमति बनेको जनता समाजवादी पार्टीकी जिल्ला अध्यक्ष देवी कुमारी क्षेत्रीले बताइन्।सहमतिसँगै कुश्मा नगरपालिकाको प्रमुख पदमा उम्मेदवार दिएका ढाकाराम गौतम, उपप्रमुख पदमा उम्मेदवारी दिएकी इन्दिरा अधिकारी तथा मोदी गाउँप

पर्वतमा ९७ जनाले फिर्ता लिए उम्मेदवारी, ८६० कायम

पर्वत । पर्वतमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये ९७ जनाले फिर्ता लिएका छन् । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा गरी ९७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

पर्वतमा ३१९ पदमा ९५७ को उम्मेदवारी दर्ता

पर्वत-पर्वतमा आगामी स्थानीय तहको निर्वाचनका लागि ९ सय ५७ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । दुई नगरपालिका र पाँच गाउँपालिकामा गरी ९ सय ५७ जनाले उम्मेदवारी दिएका हुन् ।कुश्मा नगरपालिकामा २ सय २५, जलजला गाउँपालिकामा १ सय २८, पैंयु गाउँपालिकामा १ सय ४, फलेवास नगरपालिकामा १ सय ८६ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी […]

पर्वत : गठबन्धनबाट प्रमुख र उपप्रमुख पदमा महिला उम्मेदवार शून्यजस्तै

पर्वत – पर्वतमा पालिका चुनावका लागि नौ सय ५७ जनाले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन् । दुई नगरपालिका र पाँच गाउँपालिकामा गरी नौ सय ५७ जनाले उम्मेदवारी दिएका हुन् । कुश्मा नगरपालिकामा दुई सय २५, जलजला गाउँपालिकामा एक सय २८, पैंयु गाउँपालिकामा एक सय चार, फलेवास नगरपालिकामा एक सय ८६ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी महाशिला गाउँपालिकामा ७८, मोदी गाउँपालिकामा एक सय २५ र विहादी गाउँपालिकामा एक सय एक जनाको उम्मेदवारी दर्ता भएको छ ।  कुश्मा नगरपालिकाको मेयरमा आठ र उपमेयरमा सात, जलजलाको अध्य...

पर्वतमा टुट्यो पाँचदलीय गठबन्धन, जनमोर्चा र जसपा बाहिरिए

पर्वत  : भागवण्डा नमिलेकै कारण टुट्न सक्ने अवस्थासम्म पुगेको जिल्लाको पाँचदलीय गठबन्धन तीन दलमा सीमित भएको छ।गठबन्धनमा रहेका ठूला दलहरूले भागवण्डामा अवहेलना गरेका कारण आफूहरू गठबन्धनमा रहनुको औचित्य नभएको भन्दै जनमोर्चाले मनोनयनको पहिलो दिन आइतबार नै आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराएको छ। सोमबार जनता समाजवादी पाटी (जसपा) ले पनि आफ्ना उम्मेदवारलाई उठाउने तयारी गरेको छ। जसपाको तर्फबाट कुश्मा नगरपालिकाको प्रमुखमा ढाकाराम गौतम र उपप्रमुखमा इन्दिरा अधिकारीलाई उठाउने तयारी भइरहेको जसप

पर्वतमा गठबन्धनलाई उम्मेदवार टुंग्याउन सकस

आसन्न स्थानीय निर्वाचनका लागि चार दिनमा उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार यतिबेला उम्मेदवार चुनावी प्रचारमा लाग्नुपर्ने हो । तर, पर्वतमा सत्ता साझेदार दलले कुनै पनि पालिकामा उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।