अमिताभ बच्चनको आँखामा समस्या, गरियो शल्यक्रिया

बलिउडका महानायक अमिताभ बच्चनको आँखामा समस्या देखिएपछि शल्यक्रिया गरिएको छ । आइतवार मध्यराति महानायक बच्चनले आँखाको शल्यक्रियाबारे जानकारी दिएका छन् । बच्चनले शल्यक्रियामा संलग्न चिकित्सकलाई धन्यवाद दिएका छन् । बच्चनका अनुसार शल्यक्रिया एकदम ठीक भएको छ । यसअघि समेत बच्चनको पहिलो शल्यक्रिया भइसकेको थियो । यसपटकको शल्यक्रिया दोस्रो रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित सामग्री

बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन अस्पतालमा भर्ना भएका छन् । ८१ वर्षीय अभिनेता शुक्रबार बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका हुन् । उनको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको छ । सर्जरीपछि बच्चनले ट्वीटमार्फत आफ्ना शुभचिन्तकलाई धन्यवाद दिएका छन् । भारतीय संचारमाध्यमका अनुसार उच्च सुरक्षासहित बच्चनलाई अस्पताल पुर्याइएको थियो । उनको स्वास्थ्य अवस्थामा यतिबेला सुधार आएको जनाइएको […]