डोटी - दिपायल विमानस्थलकाे स्तरोन्नति भइ कालोपत्र भएको दुई वर्ष बितिसक्दा पनि हवाई उडानले निरन्तरता पाउन सकेकाे छैन । जहाज सञ्चालन बन्द भएपछि यहाँका नागरिकलाई समस्या भएकाे छ । जहाज सञ्चालन बन्द भएपछि बिरामीलाई अस्पताल पुर्याउन बढी समस्या भएको स्थानीयले बताएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र सपना ग्याल्भा जेभी कन्स्ट्रक्सनबीच २०७३ सालमा चार सय ९० मिटर लम्बाइको धावनमार्ग निर्माण र कालो पत्रसहितको लागि ६ करोड ८० लाख रुपैयाँ ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०७६ साल अस...