सोलुखुम्बु प्रवेशमा कडाई, सिसी क्यामेराबाट निगरानी गरिने

सोलुखुम्बु : सोलुखुम्बु र ओखलढुंगाको सीमानाका क्षेत्र पत्ताले प्रवेशद्वारमा कडाई गरिने भएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सचेत रहँदै आवगमनमा जिल्ला प्रवेश गर्ने मुख्य नाका पत्तालेमा कडाई गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले जानकारी दिए।सीमा क्षेत्रमा हुन सक्ने संभावित जोखिम तथा अपराधिक गतिविधिलाई निगरानी गर्न तत्काल सिसी क्यामेरा समेत जडान गरिने प्रमुख जिल्ला अधिकारी शाहीले बताए। सोमबार उक्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी शाहीको अध्यक्षतामा, नेपाल प्रहरीका प्