काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले आज काठमाडौँस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी नौ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गरेका हुन् । राष्ट्रपति पौडेलले सो अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण गरेका थिए । […]
काठमाडौँ । दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्वका बेला सार्वजनिक बिदा भए पनि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपाली श्रमिकको शव ढुवानी सेवा प्रभावित नहुने भएको छ । वैदेशिक रोजगार बोर्डले चाडपर्वको समयमा शोकमा रहेका परिवारलाई थप समस्या नपरोस् भन्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतक श्रमिकको घरसम्म शव नि:शुल्क पुर्याउने व्यवस्थालाई निरन्तरता दिने भएको हो […]
२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुनसान छ । दसैँ लागेसँगै जिल्ला छोड्नेहरू बढिरहेका छन् । अन्य दिनमा भरिभराउ हुने सड्कहरु अचेल खाली देखिन थालेका छन् । राजधानीमा मानिसहरूको चाप विस्तारै घट्दो छ …
दसैंको माहौल छ । मान्छेहरू मूल घर फर्कँदैछन् । जमघट, भलाकुसारीसँगै मिठोमसिनो खाने क्रम सुरु भएको छ । तर, यही माहौलमा आशिका तामाङको धपेडी फरक छ । उनी दसैंकै छेकमा अबोध र आवाजविहीन प्राणीमाथि हुने …
पेरिस । फ्रान्समा लगातार बढ्दै गएको हिंसात्मक प्रदर्शन, लुटपाट र तोडफोड नियन्त्रण गर्न सरकारले केही सहरलाई आंशिक कर्फ्यु लागू गर्ने अधिकार दिएको छ। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सप्ताहान्तमा भएका हिंसात्मक घटनापछि जनताको सुरक्षा र व्यापारिक प्रतिष्ठानको संरक्षणका लागि यस्तो कदम चालिएको बताएका छन्। प्रदर्शनका क्रममा फ्रान्सभर करिब २ हजार व्यवसाय प्रत्यक्ष प्रभावित भएको फ्रान्सको चेम्बर्स अफ […]