राँझा (बाँके), ७ असोज । भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएका यहाँका प्रभावित परिवारले आफन्तजनको सास वा लासको टुङ्गो नलाग्दा मृत्यु संस्कार गर्न सकेका छैनन् । बाढीमा एकै परिवारका तीन आफन्त गुमाएका नेपालगन्ज उपमहानगरपालिका–२० थपुवा निवासी अनलाल रोकायले सास वा लास केही फेला नपर्दा आफूहरुले सामाजिक संस्कार गर्न नपाएको बताए । रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा […]
काठमाडौँ। न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदका लागि दरखास्त आह्वान गरेको छ। आयोगले आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि विज्ञापन प्रकाशन गर्दै आवेदन मागेको हो। नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम जिल्ला न्यायाधीश पदमा पदपूर्तिका लागि यो विज्ञापन खुलाइएको आयोगले जनाएको छ।
लमजुङ, ७ असोज । निर्माण व्यवसायीले समयमा काम नगर्दा बिचौर–भुम्लीचोक–फुलाङ्गिरी–जोर्ने–गौडाभञ्ज्याङ सडकको करिब आठ किलोमिटर खण्ड अलपत्र परेको छ । निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि उक्त सडकखण्डको भौतिक प्रगति करिब ४७ प्रतिशत मात्र भएको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी राजेन्द्र कार्कीले बताए । “समयमा निर्माण व्यवसायीले काम नगरेका कारण सडक निर्माणमा ढिलाइ भएको […]
Kathmandu. The Department of Hydrology and Meteorology has warned of heavy to very heavy rainfall in various parts of the country, prompting the Nepal Tourism Board to appeal to all involved in trekking, mountaineering, and other tourism activities to exercise high vigilance and caution. The Board has also urged to postpone tourism activities if necessary, as adverse weather is expected from Friday, October 9, to Sunday, October 11, in areas including Gandaki and Lumbini provinces. Stating that many areas are currently hosting trekking and climbing programs due to the peak tourist season, Nepal Tourism Board Spokesperson Sunil Sharma said, ‘Currently,...