राजनीतिक दल र उम्मेदवारले भोलिदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने

काठमाण्डाै – राजनीतिक दल र उम्मेदवारले भाेलि बिहीवारदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् ।  आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखी मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । उहाँले प्रचारप्रसारको यो अवस्थामा चुनावको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह पनि गर्नुभएको छ ।  प्रचारप्रसारको दोस्रो चरणमा प्रवेशको अघिल्लो दिन आज बुधवार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले ...