डेभिड वार्नरले ताेडे सचिन तेन्दुलकरकाे 'रेकर्ड' !

काठमाण्डाै – अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरकाे रेकर्ड ताेडेका छन् ।वार्नरले आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा सबैभन्दा छिटाे १ हजार रन बनाउने कीर्तिमान बनाएका हुन् । भारतमा भइरहेकाे एकदिवसीय विश्वकप अन्तर्गत घरेलु टाेलीसँगकाे खेलमा उनले याे कीर्तिमान बनाएका हुन् । वार्नरले १९ पारीमा एक हजार रन पूरा गर्दै कीर्तिमान बनाएका हुन् । यसअघि एकदिवसीय विश्वकपमा सबैभन्दा छिटाे १ हजार रन पूरा गर्ने कीर्तिमान सचिन तेन्दुलकरकाे नाममा थियाे । उनले २० पारीमा याे कीर्तिमान बनाएका थिए ।...