लुम्बिनी क्षेत्रमा गुम्बाको नाममा गुरुयोजनाविपरीत तारे होटेलजस्ता संरचना

लिजमा लिएका जग्गामा विभिन्न राष्ट्रले गुरुयोजनाविपरीत संरचना बनाउँदा पनि लुम्बिनी विकास कोष मूकदर्शक गुरुयोजनाविपरीत लुम्बिनीपरिसरमा गुम्बा (मन्दिर)हरू  लक्जरी होटेलकै संरचनामा निर्माण गरिन थालेका छन् । लिजमा दिएको बिहार क्षेत्रको प्लटमा उद्देश्य र...

सम्बन्धित सामग्री

तारे र डिलक्स गरी दर्जन होटेल थपिए

काठमाडौं । पोहोर फागुनदेखि यसपालि फागुनसम्मको १ वर्षमा नेपालमा तारे र डिलक्स गरी झन्डै १ दर्जन होटेल थपिएका छन् । यसबाहेक पर्यटकीय स्तरका, बुटिक होटेल, लज र रिसोर्ट पनि थपिएका छन् । केहीअघि कोभिड–१९ का कारण सञ्चालन खर्च नै धान्न मुश्किल देखिएको पर्यटन क्षेत्रमा होटेल, क्यासिनोदेखि ट्राभल कम्पनीसम्म थपिइरहेको देखिन्छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० ले चालू आर्थिक वर्ष (आव) को फागुनसम्ममा डिलक्स र तारे गरी ११ ओटा होटेल थपिएका छन् । योसँगै मुलुकमा यस्ता होटेलको संख्या १७३ पुगेको छ । आर्थिक सर्वेक्षणअनुसार २०७८ फागुनसम्म त्यस्ता होटेल संख्या १६२ थियो । यसबाहेक लक्जरी, हेरिटेज, बुटिकसहित पर्यटकस्तरीय होटेल, लजको संख्या पनि बढेको छ ।  आर्थिक सर्वेक्षणअनुसार चालू आवको फागुनसम्ममा ४५ ओटा यस्ता व्यवसाय थपिएर यो संख्या १ हजार २२८ पुगेको हो । अघिल्लो आव यस्तो संख्या १ हजार १८३ थियो । पाँच तारेदेखि डिलक्स, पर्यटकस्तरका होटेलको संख्या बढेसँगै बेडसंख्या पनि बढेको छ । फागुनसम्ममा तारेस्तरका होटेलमा बेडसंख्या ५६० थपिएर १६ हजार ३३५ पुगेको छ ।  नेपालमा सबै किसिमका होटेलको कुल बेडसंख्या ३७ हजार ३०० पुगेको छ । आर्थिक सर्वेक्षणअनुसार क्यासिनो र मिनी क्यासिनोको संख्या अघिल्लो वर्ष फागुनको २४ बाट २८ पुगेको छ । पोहोर फागुनयताको १ वर्षमा चारओटा क्यासिनो थपिएका छन् । यस्तै ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, र्‍याफ्टिङ व्यवसाय, पर्यटक यातायात सेवा व्यवसाय पनि थपिएका छन् ।  आर्थिक सर्वेक्षणले यो क्षेत्रमा लगानी र व्यवसाय थपिएको देखाउँदै गर्दा व्यवसायी पनि पर्यटक ल्याउन सके संरचना र पूर्वाधार निर्माणमा जति नै लगानी थपिए पनि फरक नपर्ने तर्क गर्छन् ।  होटेल एशोसिएशन नेपाल (हान)का महासचिव साजन शाक्यले व्यवसायका अन्य क्षेत्र फस्टाउन नपाए पनि पर्यटन क्षेत्रमा लगानी थपिएको बताए । ‘पर्यटन क्षेत्रमा सम्भावना देखेर नै लगानी बढेको हुनुसक्छ,’ उनले भने, ‘अहिले भएको लगानी र तयार पूर्वाधारबाट पनि वार्षिक ३५ लाखसम्म पर्यटकलाई सेवा दिन सकिन्छ ।’ उनले पर्यटनमा नयाँ लगानी आउनु सकारात्मक भएको तर पर्यटक संख्या पनि बढाउनुपर्ने चुनौती थपिएको बताए । अहिले मुलुकमा तीनओटा अन्तरराष्ट्रिय विमानस्थल छन् । भएका पूर्वाधारबाट लाखौं पर्यटकलाई सेवा दिन सक्ने होटेल व्यवसायीले बताए पनि नेपालमा वर्षभरिमा १२ लाखसम्म पर्यटक आएको अभिलेख छ ।  कोभिड–१९ महामारीपछिका वर्षहरूमा पर्यटक आगमनमा सुधार देखिएको छ । सन् २०२१ म १ लाख ५० हजारमा झरेको पर्यटक आगमन सन् २०२३ को पहिलो ५ महीनामा ४ लाख नाघेको छ । सन् २०२२ मा ६ लाख १४ हजार १४८ पर्यटक नेपाल आएका थिए । यस्तै टुर गाइड, ट्रेकिङ गाइड, रिभर गाइडको अनुमति लिनेको संख्या पनि बढेको छ ।

निकुञ्जको मुख्यालय अगाडि नै मापदण्डविपरीत तारे होटल

भरतपुरको पटिहानीमा सञ्चालनको तयारीमा रहेको सोल्टी वेस्ट इण्ड रिसोर्टले मापदण्डविपरीत संरचना निर्माण गरेको पाइएको छ । मध्यवर्ती क्षेत्रमा उद्योग स्थापनासम्बन्धी मापदण्डविपरीत होटलका संरचना निर्माण भएका हुन् ।मापदण्डमा मध्यवर्ती क्षेत्रमा निर्माण हुने होटल दुई तलाभन्दा अग्लो बनाउन नपाइने र  वातावरण सुहाउँदो हुनुपर्छ  तर कङ्क्रिटको यो होटल तीनतले छ । रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले यो होटल व्यवस्थापनको जिम्मा सोल्टी समूहलाई दिएको छ । रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसा

निकुञ्जको मुख्यालय अगाडि नै मापदण्डविपरीत तारे होटल

चितवन । भरतपुरको पटिहानीमा सञ्चालनको तयारीमा रहेको सोल्टी वेस्ट इण्ड रिसोर्टले मापदण्डविपरीत संरचना निर्माण गरेको पाइएको छ । मध्यवर्ती क्षेत्रमा उद्योग स्थापनासम्बन्धी मापदण्डविपरीत होटलका संरचना निर्माण भएका हुन् । मापदण्डमा मध्यवर्ती क्षेत्रमा निर्माण हुने होटल दुई तलाभन्दा अग्लो बनाउन नपाइने र वातावरण सुहाउँदो हुनुपर्छ तर कङ्क्रिटको यो होटल तीनतले छ । रिभर साइड रोयल गार्डेन […]

निकुञ्जको मुख्यालय अगाडि नै मापदण्डविपरीत तारे होटल

चितवन – भरतपुरको पटिहानीमा सञ्चालनको तयारीमा रहेको सोल्टी वेस्टेण्ड रिसोर्टले मापदण्डविपरीत संरचना निर्माण गरेको पाइएको छ। मध्यवर्ती क्षेत्रमा उद्योग स्थापनासम्बन्धी मापदण्डविपरीत होटलका संरचना निर्माण भएका हुन्। मापदण्डमा मध्यवर्ती क्षेत्रमा निर्माण हुने होटल दुई तलाभन्दा अग्लो बनाउन नपाइने र वातावरण सुहाउँदो हुनुपर्छ तर कङ्क्रिटको यो होटल तीन तले छ। रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले यो […]

अपांगमैत्री पर्यटनमा लगानी कम

काठमाडौं । नेपालको हस्पिटालिटी क्षेत्रमा पहुँचयोग्य पर्यटनका लागि लगानी कम भएको एक अध्ययनले देखाएको छ । नेपालका होटेल व्यवसायीहरू सुलभ पहुँचसम्बन्धी पूर्वाधारमा जानकार भए पनि लगानी भने कम गरेको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)को अध्ययनले देखाएको छ । अपांगमैत्री पर्यटन प्रवर्द्धनका लागि होटेल तथा सेवामा लगानी गर्न सके आर्थिक वृद्धिमा समेत सुधार हुन सक्ने आईएफसीले उल्लेख गरेको छ । ‘सबैका लागि खुला : नेपालका होटेलहरूमा अपांगता भएका व्यक्तिहरूको पहुँच’ सम्बन्धी सर्वेक्षणको प्रतिवेदन बुधवार सार्वजनिक गर्दै आईएफसीले पर्यटन क्षेत्रमा सुधार गर्दै अर्थतन्त्र उकास्न अपांगमैत्री पर्यटन प्रवर्द्धन आवश्यक देखिएको निष्कर्ष निकालेको छ । आईएफसीले उक्त अध्ययनका लागि नेपालका प्रमुख शहरका ९० ओटा तारे होटेल र त्यसमा संलग्न उद्यमी÷व्यवसायीलाई समावेश गरेको थियो । उक्त सर्वेक्षणमा सहभागी भएका ९५ प्रतिशत होटेल व्यवसयीले पहुँचयोग्य पर्यटनको अवधारणाबारे जानकार रहे पनि पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न लगानी भने नगरेको धारणा राखेका छन् । उक्त सर्वेक्षणअनुसार हाल सञ्चालनमा रहेका अधिकांश होटेलमा अपांगता भएका व्यक्तिहरूको आवतजावतका लागि लिफ्ट र भिरालो र्‍याम्प मात्रै रहेको, १७ प्रतिशत होटेलले दृष्टिविहीन पाहुनाको सहयोगका लागि संकेत चिह्न राखेको पाइएको छ । यसैगरी बाँकी ७४ प्रतिशत होटलले ढोका बाहिर वा कोठाको निर्देशिका पुस्तकमा ब्रेल लिपि वा संकेत चिह्नको प्रयोग गरेका छैनन् । अध्ययनले ९ प्रतिशत होटेलका कर्मचारीहरू पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमता भएका पाहुनाबारे प्रशिक्षित रहेका र ३३ प्रतिशत होटेलमा अपांग अतिथिका लागि अतिरिक्त ह्वीलचेयरको व्यवस्था रहेको देखाएको छ । नेपालका अधिकांश होटेलले व्यावसायिक प्रयोजनका लागि पुराना संरचना प्रयोग गर्ने गरेको, यस्ता संरचना दुर्गम स्थानमा रहेका र तिनमा अपांगमैत्री सेवासुविधासमेत नहुने गरेको पाइएको छ । पछिल्लो समयमा सुलभ, पहुँचयोग्य वा समावेशी पर्यटनको अवधारणाले विश्वव्यापी मान्यता पाएको छ । आईएफसीको भुटान, बंगलादेश र नेपाल मामिला हेर्ने देशीय निर्देशक वेन्डी वार्नरले भएका पर्यटन गन्तव्यहरूमा अपांग, अशक्त वा अरू सबै उमेरसमूहको पहुँच विस्तार गर्नसके मात्रै पनि पर्यटन क्षेत्रको दिगो विकास हुने बताएकी छन् । उनका अनुसार सुलभ पर्यटनले मानव अधिकारको सुनिश्चिततासँगै व्यावसायिक महत्त्व पनि राख्नेछ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राष्ट्रिय अपांग महासंघ नेपालसँगको सहकार्य र आईएफसीको आर्थिक तथा प्राविधिक सहयोगमा यो प्रतिवेदन तयार गरेको हो । राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष मित्रलाल श्रेष्ठले अहिले वर्षेनि विश्वभरबाट करीब २००० अपांग पर्यटक नेपाल भ्रमण गर्न आउने गरेको बताए । सुलभ पर्यटनका सुविधा र अपांगमैत्री पूर्वाधार बन्नसके यस्ता पर्यटकको संख्या सहजै बढेर १० हजारसम्म पुग्न सक्ने उनको दाबी छ ।