गाजामा इजरायलको बम वर्षा ३ सयको मृत्यु

काठमाडौं : इजरायलले पछिल्लो २४ घण्टामा गाजा क्षेत्रमा गरेको भीषण आक्रमणमा ३ सय बढीको मृत्यु भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र हमासबीच एक अर्कालाई धम्की दिने शिलशिला बढ्दा इजरायली सेनाले गाजामा भारी मात्रामा बम वर्षा गरेको हो। लगभग ध्वस्त भइसकेको उत्तरी गाजामा इजरायली सेनाले पुनः ठूलो मात्रामा बम वर्षा गरेको अल जजिराले उल्लेख गरेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राले पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको मृत्यु भएको पुष्टि भएको र साढे ५ सय ब

सम्बन्धित सामग्री

शरणार्थी शिविरमा इजरायलको बम वर्षा, २ सय जनाको मृत्यु

काठमाडौं : इजरायलले गाजापट्टीको एक शरणार्थी शिविरमा गरेको हवाई आक्रमणमा कम्तीमा २ सय जनाको मृत्यु भएको छ। जबालिया शरणार्थी शिविरमा इजरायलले पटकपटक खसालेको बमका कारण एक सय १ सय २० जना भन्दा बढी भग्नावशेषमा पुरिएर बेपत्ता छन्। ७ सय ७७ जना घाइते भएका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसले शिविरमा पटकपटक आक्रमण गरेर निहत्थाको ज्यान लिइएको आरोप लगाएका छन्। इजरायलले उक्त शिविरमा हमासका एक कमाण्डरलाई लक्षित गरेर आक्रमण गरेको दाबी गरेको छ। साथै आफ्नो आक्रमणमा हमासका ए