यात्रु बोकिरहेका गाडीमै महासंघको अवरोध, यात्रुहरु परे चर्को मर्कामा

काठमाडौं : यातायात व्यवसायीहरुले आज ७ बुँदे माग सहित हड्ताल गर्दा राजधानीको यातायात अव्यवस्थित बन्यो।  सार्वजनिक यातायात केन्द्रीय महासंघले कोभिड खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि…

सम्बन्धित सामग्री

निर्माण व्यवसायीको बक्यौता भुक्तानी  गर्न निर्देशन

काठमाडौैं। निर्माण व्यवसायीहरूले सरकारी काम गरेबापत पाउनुपर्ने बक्यौता भुक्तानी गर्ने व्यवस्था मिलाउन प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । बुधवार सिंहदरबारमा आयोजित समितिको बैठकमा सांसदहरूले निर्माण व्यवसायीको भुक्तानी ढिलो भएको विषयमा प्रश्न उठाएपछि समितिले छिटो भुक्तानी दिन निर्देशन दिएको हो । त्यस्तै ठेक्का सम्झौताअनुसार तोकिएको समय र गुणस्तरअनुसार काम गर्ने वातावरण मिलाउन पनि समितिले निर्देशन दिएको छ । बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीले काम गरेको रकम विशेष व्यवस्थापन गरेर भए पनि भुक्तानी गर्ने टुंगोमा पुगेको बताए । उनका अनुसार अन्य मन्त्रालयको ३ र भौतिकको ४ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । काम गरेको रकम नपाएपछि नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा व्यवसायी सडकमा उत्रेका थिए ।  मन्त्री ज्वालाले सार्वजनिक खरीद ऐन संशोधन नहुने बताउँदै नयाँ ऐन ल्याउने तयारीमा सरकार रहेको पनि समितिलाई जानकारी दिए । अहिलेको ऐनले विकास निर्माणको काम अघि बढाउन सहज नभएको भन्दै उनले यो विषयमा प्रधानमन्त्रीसँग बुधवार पनि छलफल गरिएको जानकारी दिए । ‘पुरानोलाई संशोधन, डेन्टिङ पेन्टिङतिर हामी जाँदैनौं । नयाँ सार्वजनिक खरीद ऐन ल्याउने गरी काम अघि बढाइएको छ,’ उनले भने ।  बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विकास निर्माणको सुस्त गतिबारे प्रश्न उठाए । उनले विकासका बाधा हटाउन नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिए । सापकोटाले पूर्वाधार विकासका लागि सरकारले पूँजी परिचालन गर्नै नसकेको गुनासो गरे ।  मन्त्री ज्वालाले चाडपर्व लक्षित सडक मर्मतसम्भारका लागि बजेटको अभाव रहेको समेत बताए । बजेट अभावका कारण दशैंअघि नै सडक मर्मतसम्भार र यातायात व्यवस्थापनको काम भने जस्तो हुन सक्ने अवस्था नरहेको मन्त्री ज्वालाको भनाइ छ । उनले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने पनि बताए । जथाभावी भाडा लिएर यात्रु ठग्ने व्यवसायीमाथि कडा कारबाही गर्ने उनले चेतावनी दिए । यात्रुलाई बस भाडामा ठगिन नदिने गरी तीनओटै तहको सरकारले सहकार्य गरेर अनुगमन सशक्त बनाउने उनको भनाइ छ । बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले चाडपर्वको मुखमा आएर राजमार्ग मर्मतका लागि बजेटको अभाव छ भनेर गैरजिम्मेवार बन्न नहुने बताए । बैठकले दशैंका बेला विद्यालय र क्याम्पसका बस खाली हुने भएकाले त्यसमा सरकारले आवश्यक सहयोग गरी मुख्य शहरबाट विद्यार्थी र अभिभावकलाई गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

रातो नम्बरप्लेटका सवारीसाधनले भाडा लिएर यात्रु बोक्न नपाउने

पिकआवरमा यात्रुवाहक बस विद्यालयका लागि प्रयोग नगर्न महासंघको निर्देशन  रातो नम्बरप्लेटका निजी सवारीसाधनले

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृहको परिपत्र

२२ चैत, काठमाडौं । भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । बुधबार एक परिपत्र गर्दै गृह मन्त्रालयले नेपाल राष्ट्रिय व्यवसायी महासंघको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाहीको निर्देशन दिएको छ । यो निर्देशन हुबहु पालना भए भाडा लिएर यात्रु बोक्ने सबै निजी सवारी कारबाहीमा […]

राइड सेयरिङ एप बन्द गर्न सार्वजनिक यातायात केन्द्रीय महासंघको माग

काठमाडौँ। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले राइडसेयरिङ सञ्चालन गरिरहेको रातो नम्बर प्लेटका सवारी साधनहरु तत्काल बन्द गर्न माग गरेको छ। निजी प्रयोजनका लागि दर्ता (रातो प्लेट) भएका सवारी साधनहरुले भाडामा यात्रु ओसारपसार गरी सार्वजनिक यातायात व्यवसायलाई प्रत्यक्ष असर परेको भन्दै तत्काल नै बन्द गर्न माग गरिएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले बताए।

दशैँमा २० लाख यात्रु बाहिरिने अनुमान

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस वर्षको दशैँमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान गरेको छ। कोभिड–१९ प्रभाव नभएकाले यो संख्यामा यात्रुहरू दशैँ मनाउन गाउँ जाने अनुमान गरिएको महासंघका अध्यक्ष विजय स्वाँरले जानकारी दिए । यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघको बुधबार बसेको […]

निश्चित भाडादर ताेक : गृहमन्त्री खाँड

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुने गरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन्।उनले एकै ठाउँमा जाँदा पनि फरक फरक भाडा दर दिने अवस्थाको तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको पनि बताए।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले भाडा दर निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने स्पष्ट पारे।गृहमन्त्री खाँणले यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्

यात्रुलाई बोझ हुने गरी भाडा नलिन गृहमन्त्रीकाे आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ। एकैठाउँमा जाँदा पनि फरकफरक भाडा लिने अवस्थामा तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको उहाँको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनको आज (आइतबार) काठमाडौंमा उद्घाटन गर्दै गृहमन्त्री खाँडले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने […]

यात्रुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई गृहमन्त्रीको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् । गृहमन्त्री खाँणले एकैठाउँमा जाँदा पनि फरकफरक भाडा दर दिने अवस्थामा तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको पनि बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने पनि स्पष्ट पारे ।  गृहमन्त्री खाँणले यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघ

पेट्रोलियमको मूल्यवृद्धिले सार्वजनिक यातायातमा बेथिति

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको बहानामा सार्वजनिक यातायात केन्द्रीय महासंघले सरकारलाई सातदिने समयसीमा तोक्दै भाडादर बढाउन माग गरेको छ । उक्त समयसीमाभित्र भाडा नबढाइए सार्वजनिक यातायात ठप्प पारेर आन्दोलनमा जाने चेतावनी महासंघले दिएको छ । एकातिर महासंघले आन्दोलनको त्रास देखाउँदै भाडा बढाउन खोजेको छ भने अर्कातिर यातायात व्यवसायीले यात्रुसँग मनपरी रूपमा भाडा असुल्न थालेका छन् । महासंघले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाडा वृद्धिका लागि सरकारलाई समयसीमा तोकेको हो । यातायात क्षेत्रका समस्याको समाधानका सम्बन्धमा संघीय सरकार र सातओटै प्रदेश सरकारलाई पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको महासंघको भनाइ छ । पछिल्लो समय इन्धनको मूल्य वृद्धि भइरहँदा पनि भाडादर बढाउन सरकारले बेवास्ता गरेको महासंघले बताएको छ । अहिले भइरहेको मूल्यवृद्धिको अनुपातमा हाल कायम भाडादरमा अन्तरप्रदेश र प्रदेशस्तरीय रूटमा न्यूनतम २६ प्रतिशतले वृद्धि गर्न  महासंघले माग गरेको छ । त्यसैगरी ट्याक्सीको हकमा शुरुआती कल ८० रुपैयाँ र प्रतिकिलोमिटर ६० रुपैयाँका दरले बढाउन माग गरिएको छ । आफ्ना माग पूरा गर्न सवारीसाधन बन्द गरेर सरकारलाई आन्दोलनको त्रास देखाउने महासंघले सर्वसाधारण यात्रुवर्गमा त्यसले पर्ने असुविधाबारे  सोचेको देखिँदैन । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनासाथ व्यवसायीले यात्रुसँग मनोमानी रूपमा भाडा लिने गरेको गुनासो बढेको छ । केही दिनयता पेट्रोलियम पदार्थको मूल्य बढेसँगै केही यातायात व्यवसायीले न्यूनतम १८ रुपैयाँ भाडा तोकिएको रूटमा २० देखि २५ रुपैयाँ र ३० रुपैयाँ तोकिएको रूटमा ३५ रुपैयाँसम्म भाडा लिने गरेको गुनासो यात्रुहरूको छ । आइतवार कीर्तिपुरदेखि बल्खु आउँदै गरेका रोशन सापकोटासँग सहचालकले २० रुपैयाँ भाडा मागे । तर उनले भाडादर १८ रुपैयाँ होइन भनेर प्रश्न गर्दा चालक र सहचालक दुवैले इन्धनको भाउ बढेकाले २० रुपैयाँ नै तिर्नुपर्ने जिकीर गर्दै त्यति नै असुले । सापकोटाले आफूले रत्नपार्कसम्म यात्रा गर्दा कतिपय सवारीसाधनमा ३० रुपैयाँ तिर्नुपरेको सुनाए । महासंघका महासचिव भरत नेपालले काठमाडौं उपत्यकाभित्र सरकारले न्यूनतम भाडा १८ रुपैयाँ तोकेको बताए । तर सवारीधनीले मनपरी भाडा असुल्दा यात्रुहरू मर्कामा परेका छन् । ‘इन्धनको मूल्यवृद्धि भएसँगै यस्ता गुनासा बढेका छन्,’ उनले भने, ‘त्यस्तो हुन नदिन हाम्रा कामदार तथा कर्मचारीलाई बेलाबेला सचेत गराउने गरेका छौं ।’ व्यवसायीले न्यूनतम भाडा १८ रुपैयाँको सट्टा २० रुपैयाँ लिने गरेको भन्ने विषयमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले लेनदेनमा खुद्रा पैसाको समस्याले धेरैजसो गाडीमा यस्तो भएको हुन सक्ने बताए । तर त्यसभन्दा बढी भाडा लिएको भएमा यात्रु आफैले सम्बन्धित निकायमा उजुरी गरेमा कारबाही गर्न सजिलो हुने उनको भनाइ छ । सरकारले अब वैज्ञानिक भाडादर लागू गरी इन्धनको मूल्य बढ्दा स्वतः भाडादर बढ्ने प्रणालीको विकास गर्नुपर्ने उनको तर्क छ ।