भूमि आयोग विघटन विरुद्धमा भूमिहीन सुकुम्बासी संगठनद्वारा आन्दोलनका कार्यक्रम घोषणा

नेकपा एमाले निकट भूमिहीन सुकुम्बासी संगठनले भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आयोग विघटन गरेर भूमिहीनका सपनामा तुसारापात गरिएको भन्दै संगठनले पहिलो चरणका कार्यक्रम घोषणा गरेको हो ।  आन्दोलनका कार्यक्रम अन्तरगत साउन २२ गते शुक्रवार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाइने संगठनकी अध्यक्ष शान्ता चौधरीले जानकारी दिइन् । साउन २३ गते सुकुम्बासी वस्तीमा जागरण कार्यक्रम गर्ने र साउन २४ गते देशव्यापी विरोध सभा गर्ने उनले बताइन् ।  सरकारले गत मंगलवार देव...