विराटनगर : प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रयोगशालाको प्रभावकारी जाँचबाट क्षयरोग पत्ता लाग्ने र नियमित औषधि सेवन गरे सजिलै निको हुने बताएका छन्। क्षयरोग निवारण दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय, विराटनगर महानगरपालिका, स्वास्थ्य निर्देशनालय र नेपाल क्षयरोग निवारण संस्थाद्वारा संयुक्त रुपमा आज (बिहीबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन्।समुदाय नागरिक समाज, सार्वजनिक तथा निजी सेवा प्रदायकहरूको ऐक्यबद्धता तथा सहभागितामा जोड दिएर क्षयरोग नियन्त्रण गर्